बाँकी क्याम्पसको स्ववियु निर्वाचन छिटो गर्न अनेरास्ववियुको माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गराउन माग गर्नुभएको हो ।
अनेरास्ववियुले निर्वाचन बिथोल्ने र प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ । ‘राज्य संरक्षित भएर यस्ता खाले कानुन हातमा लिने हर्कत कायम रहे विश्वविद्यालय जोगाउन अनेरास्ववियु अप्रिय कदम उठाउन बाध्य हुनेछ, परिस्थितिले सिर्जित परिणामको जिम्मेवार स्वयम नेपाल सरकार हुनेछ’, अनेरास्ववियुले चेतावनी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६२ आङ्गिक क्याम्पस मध्ये ४५ आङ्गिक क्याम्पस र करिब ३ सय सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आउँदा अनेरास्ववियु पहिलो भएको विज्ञप्तिमा उल्लेख छ । बाँकी क्याम्पसको पनि यथाशीघ्र निर्वाचन पक्रिया अघि बढाउन अनेरास्ववियुले माग गरेको छ ।
‘विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सम्पन्न गर्न सहजीकरण गर्ने उद्देश्यले अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वले छलफल गरी विश्वविद्यालयको निर्वाचन निर्देशिका बमोजिम १० दिन भित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न त्रिवि उपकुलपति समक्ष अनुरोध गर्नको निम्ति आवश्यक भेटघाटको समय माग उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासँग बसिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको अराजक समूहले बैठक हल भित्र प्रवेश गरी उपकुलपतिसँग आउनुभएका त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहनु भएका सहप्राध्यापक पशुपति अधिकारी माथि अपशब्द बोल्दै पानीको बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको घटना प्रति अनेरास्ववियु खेद प्रकट गरेको छ । पराजित मानसिकताबाट गरिएका यस्ता हर्कतले उक्त संगठनको निर्वाचन प्रतिको असलियत नाङ्गिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
Comments
अरु समाचार
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...












