‘प्रचण्डलेआफैंलाई धोका दिएको परिणाम हेर्न धेरैदिन पर्खनु पर्दैनँ’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंंले आफैंलाई धोका दिएको टिप्पणी गर्नु भएको छ । उहाँले त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी समेत गर्नु भयो । एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिबार हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैंलाई धोका दिएको र त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी गर्नु भएको हो ।
‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केही एमालेका नेतारकार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ,’ महासचिव पोखरेलले भन्नु भयो ।
प्रचण्डको वर्तमान सरकारमा रहने दिन समाप्त हुँदै गएको नेताहरुले संकेत गर्न थालेका छन् । केही दिनअघि नेपाली कांग्रैसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने बताउनु भएको थियो । यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गर्नु भएको छ । उहाँले मधेश प्रदेशमा पनि मुख्यमन्त्री आँफै बहिर्गमन हुने खुलासा गर्नुभयो ।
नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो ।कांग्रेस सभापति देउवा र जनमत पार्टीका अध्यक्ष राउतका अभिव्यक्तिले प्रचण्ड सरकारबाट चाँडै बाहिरिने संकेत देखिएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












