रेडक्रस सोसाइटी पारदर्शी ढंगले अगाडि बढ्न सकेन : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढंगले अगाडि बढ्न नसकेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताउनुभएको हो ।
रेडक्रसमा पारदर्शी ढंगले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उहाँले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने बताउनुभयो । सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडक्रसजस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौँ चलखेल हुनु दुःखद् भएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कमिटीका उपमन्त्री एवं भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढङ्गले चल्न दिनुपर्नेमा पटक–पटक हस्तक्षेप भइरहेको बताउनुभयो ।
कुल ५५ लाख १७ हजार एक सय दुई रुपैयाँको लागतमा रेडक्रसको भवन निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिएको हो । भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका–३ बाट दुई आर्थिक वर्षमा विनियोजित २३ लाख रुपैयाँ , रेडक्रस भक्तपुर शाखाबाट दुई लाख रुपैयाँ , विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट १५ लाख ६१ हजार आठ सय ७६ रुपैयाँ गरी कुल ३९ लाख ५८ हजार एक सय १४ रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको थियो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












