‘गन्तव्य समाजवाद’ पुस्तक: समसामयिक राजनीति र मुलुकको वास्तविक अवस्थाको चिरफार गर्ने प्रतिविम्ब
नेपाली कम्युनिष्ट आन्दोलनका धरोहरका रुपमा स्थापित क। आनन्दप्रसाद पोखरेल र उनको गन्तव्य समाजवाद समसामयिक राजनीति र मुलुकको वास्तविक अवस्थाको चिरफार गर्ने प्रतिविम्ब हो । जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवार चावहिलद्वारा प्रकाशित गोविन्दप्रसाद दुलालले सम्पादन गरेको यस पुस्तक ३४८ पेजमा केन्द्रित रहेको छ ।
नेकपा एमाले पार्टी उप महासचिव क। प्रदीप ज्ञावलीको भूमिकामा सजिएको यस कृतिले नेपालको वामपन्थी आन्दोलन, उपलब्धि रक्षाका चरण, अन्तर पार्टी सङ्घर्ष, उतार चढाव, दलाल पूजिँवादी चिन्तनले उत्पन्न गराएको नेपाली समाज, उत्पीडित नेपाली जनता, मुक्तिको बाटो, अनि नेकपा एमालेको मार्गदर्शन लगायतका विविध विषयमा आफ्ना अनुभव, भोगाइ, दृष्टिकोण, वास्तविकता र परिकल्पना अभिव्यक्त भएको रचना हो गन्तव्य समाजवाद ।
समाजवाद भन्नाले वृहत नेपाली शब्दकोषले ‘समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनु पर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्ने, उत्पादन र उपभोक्ताका साधनहरुमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त हो भनेर अर्थ्याएको छ । नेपालको संविधान, २०७२ को प्रस्तावनामा नै उल्लेख गरिएअनुसार नेपाल लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न भन्ने कुरा उल्लेख गरिएको सन्दर्भमा यो कृति गन्तव्य समाजवाद उल्लिखित मर्मलाई सफलिभूत पार्नमा उन्मुख छ भन्ने लाग्छ ।
समाजवाद नेपाली समाजका लागि आदर्श नारा बनेको छ । वर्षौंदेखि सबैखाले पीडाको डङ्गुरमा रुमलिएको हाम्रो समाजले समाजवादलाई मृगातृष्णाको रुपमा हेरेको छ । यद्यपि राष्ट्रप्रति प्रतिवद्ध राजनीतिक नेतृत्व सत्तामा पुगेको र सहजरुपमा काम गर्ने वातावरण भएमाा समाजवाद प्राप्तिमा लेखक ढुक्क भएको पाइन्छ । उनको विचारमा समाजवाद संसदीय अङ्क गणित मिलाएर षड्यन्त्रको परमादेशबाट प्राप्त हुने वस्तु हैन, यसका लागि उन्नत चेतना, उदात्त वैचारिक धरातल, इमन्दार र शाश्वत भावना चाहिन्छ भन्दै अनन्त समयको सामुहिक प्रयत्न आवश्यक हुन्छ भन्दछन् ।
सामान्य किसान परिवारमा जन्मेका पोखरेल बाल्यकालदेखि नै कुशाग्र बुद्धि र प्रतिभाशाली थिए । उनमा विलक्षण प्रतिभा थियो भन्ने कुरा उनलाई पढाउनु हुने शिक्षकहरुबाट पछिसम्म भन्दै गरेका विषय सर्वत्र पाइन्छ । तत्कालीन समाजमा देखिएका निरङ्कुश शासन व्यवस्था, शोषण, उत्पीडन, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, लगायत सामाजिक विभेदका विरुद्धमा कडा प्रतिवाद गर्दै शोषणरहित समाजको आदर्श परिकल्पनाका साथ कम्युनिष्ट आन्दोलनमा समाहित हुनुमा सगौरव प्रस्तुत गर्नु पोखरेलको पर्याय बनेको छ ।
वर्गीय आन्दोलनका पक्षपाती पोखरेल दोलखाली मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलको इतिहासमा सशक्त हस्ताक्षर हुन् । उनको गन्तव्य समाजवाद विभिन्न समयक्रममा सिर्जना गरिएका आलेखको सँगालो हो । समाज, प्रकृति, चेतना, वर्ग, राष्ट्रिय र अन्तराष्ट्रिय सामाजिक, आर्थिक र राजनैतिक परिवेश लगायत ६ खण्डमा विभाजित यस पुस्तकमा विविध विषय समेटिएका छन् । पहिलो खण्डमा लेखकको आफ्नो निजी विचार वा कम्युनिष्ट विचारधारा र समाजवादका सन्दर्भमा दृष्टिकोण प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद–लेनिनवादीको भूमिका, तेस्रो खण्डमा संविधान निर्माणको सङ्घर्ष, चौथो खण्डमा कम्युनिष्ट सरकारको नेतृत्व र उपलब्धि, पाँचौ खण्डमा विकासको सम्भावना र प्राकृतिक स्रोत र छैटौँ खण्डमा विविध विषयमा चर्चा गरिएको छ ।
भूमिकामा क। प्रदीप ज्ञावलीले भन्नु भएझैँ नेपाली समाजको प्रतगिशील रुपान्तरणका लागि अविश्रान्त क्रियाशील एक राजनीतिकर्मी हुन आनन्दप्रसाद पोखरेल । नेपाली समाजको सूक्ष्म विश्लेषण गर्दै दलाल, पूँजीवादी अर्थतन्त्रबाट समाजलाई मुक्त गराउने उनको तीब्र अठोट पाइन्छ । उनकै भाषामा भन्नुपर्दा नेपाली समाज अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुक हो । समाजमा विद्यमान सामन्ती उत्पादन सम्बन्धलाई अन्त्य नगरेसम्म सामाजिक न्याय प्राप्त गर्न सकिँदैन ।
नेपालको अर्थतन्त्र र उत्पादनमा भएको विद्यमान अवस्थाले उनको मनलाई अमिलो पारेको मात्र छैन, विषम आर्थिक विविधताले उत्पन्न गराएको चरम अन्तरद्वन्द्व र त्यसबाट सिर्जित असमान खाडलले दिनानुदिन मुलुक अधोगतिन्मुख भएको निष्कर्ष छ । उत्पादन ह्रासोन्मुख हुनु, प्रायः खेतियोग्य जमिनहरु बाँझो रहनु, प्रतिव्यक्ति आम्दानीमा कमी हुँदै जानु, गरिखाने किसानहरु भूमिहीन हुनु, कृषिमा व्यावसायीकरण नहुनु, पौरखी युवाहरु विदेश पलायन हुनुजस्ता प्रतिनिधिमूलक घटनाले मुलुकको भविष्य चिन्ताजनक भएको उल्लेख गरेका छन् ।
जुन विषय सत्य सावित बन्दै गएको पाइन्छ । कृषि क्रान्तिमा उनको ठम्याइ यो छ कि, “जमिनमा नयाँ हदबन्दी कायम गरी हदबन्दीभन्दा माथिको जग्गालाई क्षतिपूर्ति दिई सुकुम्बासी, भूमिहीन किसान, आदिवासी, कमैया र अन्य जनजातीलाई वितरण गरी निष्कृय रहेको जमिनबाट प्राप्त पैसा उद्योगधन्दामा लगानी गरी समाजलाई सामन्ती चरित्रबाट पूजिँवादी चरित्रमा फेर्न सक्नुपर्छ । मुलुकलाई औद्योगीकरण गर्ने, उत्पादनमा वृद्धि गर्ने कार्ययोजना ल्याउनेजस्ता नवीन सोचहरु उनको आलेखमा पाइन्छन् ।
युवा भनेका राष्ट्रका गहना हुन् । उनीहरुमा जोश, जाँगर, हौसला, उमङ्ग हुनुका साथै नवीन सोच, नवीन प्रविधि र प्रगतिशील दृष्टिकोण हुन्छ । त्यसैले उनीहरुको अन्तर्य बुझेर समाज परिवर्तनमा भरपूर सदुपयोग गर्ने धारणा लेखकमा पाइन्छ । नेपालको संविधानले निर्धारण गरेको गन्तव्य र नेकपा एमालेले परिकल्पना गरेको समाज निर्माणमा युवाहरुको परिचालनले समाजवाद प्राप्तिमा सम्भावना लेखकीय प्रस्तुतिले छर्लङ्ग बनाएको छ । युवाहरुमा हुने उर्जावान् शक्तिलाई समाजले सिर्जनात्मक बनाउने, उनीहरुको अथाह ज्ञानलाई विज्ञानमा रुपान्तरण गर्ने, कुशलता र जोखिम मोल्न सक्ने क्षमतालाई समाज रुपान्तरणा परिवर्तन गर्ने दृष्टिकोण लेखकमा प्रबलरुपमा अभिव्यक्त भएको पाइन्छ ।
विशेषतः समाज रुपान्तरणमा बाल्यकालदेखि नै प्रशिक्षित भएकाले लेखकीय अन्तर्य नै यसै विषयमा केन्द्रित भएको छ । स्कुले जीवनकालदेखि नै समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमन, विभेद, निरङ्कुशता, उत्पीडन, लगायत विविध विसङ्गति र विकृतिका विरुद्दमा बुलन्द आवाज प्रस्फुटन गर्नमा केन्द्रित लेखकको स्वाभावजन्य विशेषता पाइन्छ ।
समयको विभिन्न चरणमा उत्पन्न विचारहरुलाई केन्द्रिकृत गरी गन्तव्य समाजवादमा सङ्कलित दृष्टिकोणहरुको सँगालो यस पुस्तकमा छरपस्ट विचारहरुलाई सँगालिएको वा एकीकृत गरिएको छ । राष्ट्र र राष्ट्रियता, मुक्ति र स्वतन्त्रता, जीवन र जगत्, प्रकृति र न्याय, उग्रवामपन्थ र समाजवाद, जनआन्दोलन र लोकतन्त्र, सर्वसत्तावदी चिन्तन र नेपाली मनोविज्ञान, कम्युनिष्ट सरकार र मार्गचित्र, उग्रवामपन्थ र भ्रम, प्राकृतिक सम्पदा र परिचालन, नेपालीपन र स्वाभिमानजस्ता विविध विषयमा लेखकका गहन विचार अभिव्यक्त भएको पाइन्छ– गन्तव्य समाजवादमा ।
राष्ट्रियताको विषयमा खरो उत्रने लेखक पोखरेल चट्टानी अडान भएका पात्र हुन् । उनको देशीय चिन्तन र दृष्टिकोणले स्वर्गीय भूमि नेपाललाई विश्वकै सुन्दर देश र गन्तव्य बनाउन सकिने धारणा रहेको पाइन्छ । राष्ट्र– राष्ट्रबीचको ध्रुवीकरण पेचिलो बनेको देख्ने पोखरेल पर्खाालझैँ खडा भएको पूजिँवादी र साम्राज्यवादी तख्ता ढाल्न मजदुरहरु तयार छन् । पूँजिवादमा देखापरेको आर्थिक सङ्कट, मन्दी, व्यापार घाटा, प्राकृतिक स्रोत लगायतका स्रोतहरु क्रमशः समाप्तिउन्मुख छ । भूमण्डलीकरण र तामक्रम वृद्धि, जलवायु परिवर्तन र पानीको अभावले आजको विश्वमा नयाँ चुनौति थपिएको, आणविक युद्धको सम्भावना बढ्दै गएको र जसका कारण मानवीय अस्तित्व समाप्त हुने खतरा बढेकोमा लेखक चिन्तामात्र हैन सावधानी पनि गराउँछन् ।
विचारको प्रखरता, जिम्मेवारीको गहनता, विषयको अध्यता, जीवनको सरलता जस्ता वैशिष्ट्यताका कारण उनले पञ्चायत कालको जनपक्षीय प्रधानपञ्चदेखि नेपाल सरकारको मन्त्रीसम्मको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन् । पार्टी निर्माणको सवालमा निरन्तर क्रियाशील पोखरेल गन्तव्य समाजवाद नामक पुस्तक प्रकाशन गरेर आफ्नो लेखकीय परिचय स्थापित गर्दै पार्टीलाई विचारधारात्मक रुपमा स्थापित गराउने मान्यतामा दृढ निश्चयी देखिन्छन् ।
अन्त्यमा, गन्तव्य समाजवाद पठनीय र सङ्ग्रहणीय पुस्तकको रुपमा बाहिर आएको छ । नेपाली राजनीतिको कखरादेखि उच्च दक्षता राख्ने जो कोहीका लागि यस पुस्तकले नयाँ चेतना र धारणा विकासमा टेवा पुग्ने नै छ भन्ने लागेको छ । लेखकीय योगदान र कृतिको ओजनप्रति हार्दिक आभार प्रकट गर्दछु ।
लेखक कुटीडाँडा मावि मकैबारी, दोलखाका प्रधानाध्यापक हुनुहुन्छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












