हामी ‘डु अर डाइ’ को अवस्थामा छौं, शिक्षा ऐन कुनै हालतमा पारित हुन दिँदैनौं : टिकाराम पुरी
काठमाडौं । अहिलेको अवस्थामा शिक्षा ऐन ल्याइए आफूहरुले नमान्ने र कार्यान्वयन पनि हुन नदिने निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएका छन् । सरकारले संसदमा टेवल गर्न लागेको ऐन जारी गरिएमा आन्दोलनको विकल्प नभएको निजी विद्यालयका सञ्चालकहरुको चेतावनी छ । प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले संसदमा टेबल गर्न लागिएको शिक्षा विधेयकप्रति असहमति जनाएका छन् ।
२०७६ सालमा सरकारले तत्कालीन शिक्षा नीति जारी गरेपछि सो शिक्षा नीतिको आधारमा पुरी आफैं पनि प्याब्सन केन्द्रीय समितिको हैसियतमा मस्यौदा समितिमा थिए । पुरीका अनुसार शिक्षक महासंघ, हिसान, प्याब्सन र सरकारी कार्यालयका शिक्षा अधिकारी आबद्ध भएर त्यसबेला ड्राफ्ट तयार पारिएको थियो । त्यस बेला सबैले मिलेर सर्वपक्षीय स्वीकार्य हुने गरी छलफल गरेर राष्ट्रको शिक्षाको विकास गर्न ऐन ड्राफ्ट गरिएको थियो ।
तर अहिले विडम्बना भयो भन्दै प्याब्सनका पूर्वअध्यक्ष पुरी भन्छन्, ‘तत्कालीन समयमा कोरासँगै राजनीतिमा उथलपुथल भएकाले ऐन बाहिर आउन सकेन ।’ तर सर्वमान्य भएर ड्राफ्ट गरिएको उक्त ऐन अहिले ल्याइएको भए विरोध गर्ने अवस्था आउँदैनथ्यो भन्ने प्याब्सनका पूर्वअध्यक्ष पुरीको भनाइ छ । मन्त्रिपरिषद्ले पास गरेर संसदमा टेबल हुन लागेको ऐनअनुसार विद्यालय चलाउन सकिने अवस्था नभएको पुरीको भनाइ छ । शिक्षासम्बन्धी वर्तमान विधेयकप्रति असंतुष्ट पुरी बिहीवार सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘नेपालको स्वास्थ्य, शिक्षा, उद्योग,व्यवसाय नियोजन गरेर विदेशीको हितमा पृष्ठपोषण गर्ने पात्रहरुलाई तिरस्कार गरौं ।’ शुक्रवारसम्म सरकारले विधेयकमा सुधार गरेर अघि नबढे, मागहरु सम्बोधन नगरे आन्दोलनको विकल्प नभएको पुरीले जनाएका छन् । आइतवारदेखि विद्यालयहरु अनिश्चतकालीन बन्द गर्ने पनि निजी विद्यालय सञ्चालकहरुले जनाएका छन् ।
अहिलेको शिक्षासम्बन्धी विधेयकमा प्याब्सनको मात्रै नभई अन्य निजी संस्थाहरुले पनि आपत्ति जनाएका छन् । विद्यालय बन्द गरेर मात्रै माग सम्बोधन नभए कडा किसिमका आन्दोलनका कार्यक्रम लिएर अघि बढ्ने पनि उनीहरुको चेतावनी छ । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, एन प्याब्सन र हिसान कोशी प्रदेशले हिजो बुधवार मात्रै संयुक्त रूपमा विराटनगरमा पत्रकार सम्मेलन गर्दै ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावाधनहरु सच्याएरमात्र ल्याउनुपर्ने माग राखे । यदी सरकारले माग सुनवाइ नगरी प्रस्तावित विद्यालय शिक्षा विधेयक ल्याए विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् ।
सरकारले ल्याउन लागेको उक्त विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने उल्लेख भएको बताइएको छ । गत साता मन्त्रिपरिषद्बाट पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छन्। नयाँ निजी लगानीका विद्यालय पनि सेवामूलक उद्देश्यले शैक्षिक गुठीबाट मात्रै स्थापना गर्न पाइने विधेयकमा उल्लेख छ ।
उक्त विधयेकका यी व्यवस्था सरकारले सच्याउनुपर्ने माग निजी विद्यालयका संचालकहरुले अघि सारेका हुन् । सञ्चालकहरूको छाता संस्थाले पत्रकार सम्मेलन गरेर विधेयकको व्यवस्था परिवर्तन नभए अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












