कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते
काठमाडाैँ । कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।
पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ।
दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।
परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जानकारी दिएको छ।
०८० जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको थियो।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












