५ कक्षाको पाठ्यपुस्तक यस वर्ष जनक शिक्षाले छाप्ने
काठमाडौं । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भएको छ ।गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो ।
यस वर्ष भने १ देखि ४ कक्षासम्मको पुस्तक निजी प्रकाशकले र ५ देखि १० सम्मको पुस्तक जनक शिक्षाले छाप्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।मन्त्रालयका अनुसार यस वर्ष जनक शिक्षाले गत वर्ष भन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि ५ कक्षाको पुस्तक छाप्न दिइएको हो ।
‘हामीले जनक शिक्षाको क्षमता र निजीसँगको सहकार्यको अनुभव र समयसीमाभित्र पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने कुरालाई दृष्टिगत गर्दा यो वर्ष १ देखि ४ निजीलाई र ५ देखि १० जनक शिक्षालाई दिनु उपयुक्त देखिएकाले निर्णय गरिएको हो’, प्रवक्ता सापकोटाले भने । जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा ५ को लागि करिब साढे चार लाख सेट पुस्तक प्रकाशन गर्नुपर्ने छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












