गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा
न्यूयोर्क । अरब लिगका महासचिव अहमद अबोल घिटले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।
गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो । अमेरिकी कदमप्रति अबोल घिटले “गहिरो खेद“ व्यक्त गर्नु भएको छ ।
मङ्गलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टाइनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो । अमेरिकी स्थितिले अन्तरराष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पु¥याएको एएलको विज्ञप्तिमा अबुल घिटलाई उद्धृत गर्दै जनाइएको छ ।
अबोल घिटले यस्ता घटनामा सम्बन्धित पक्षको “राजनीतिक र नैतिक जिम्मेवारी“ लाई पनि जोड दिनुभएको छ । अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको “राजनीतिक र नैतिक जिम्मेवारी“ रहेको आशय व्यक्त गर्नुभएको छ ।
अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसको विरुद्धमा भिटो गरेको थियो । बेलायतले त्यसको विरोध गरेको थियो ।
मस्यौदा प्रस्तावमा मतदान हुनु अघि, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियन मस्यौदाले बन्धक सम्झौताको लागि जारी प्रयासलाई खतरामा पार्ने बताउनुभयो ।
उहाँको प्रतिनिधिमण्डलले प्रतिद्वन्द्वी मस्यौदा प्रस्तावमा काम गरिरहेको छ जसले सबै बन्धकहरूलाई रिहा गर्ने सूत्रमा आधारित ‘अस्थायी युद्धविराम’ लाई आह्वान गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...












