फुटपाथ व्यवसायीमाथि गरिएको आक्रमणप्रति व्यापार श्रमिक संघको आपत्ति
काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा ५ जना नगरप्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएको बताए । उनले भने, ‘९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले ७ बजे नै पसल राख्नु भयो । त्यसलाई हटाउन खोज्दा हामीमाथि आक्रमण भयो । यता मजदूरहरुले आफूहरुमाथि नगरप्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।
Comments
अरु समाचार
-
भेनेजुएलामा ७.५ म्याग्निच्युड सम्मका दुई शक्तिशाली भूकम्प
काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
श्रीराम टोबाकोको सेयर कारोबार नै विष्णु पौडेललाई थुन्ने आधार : सरकारी वकिल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुपर्ने विभिन्न आधारहरू सार्वजनिक भएका छन्। विभागका तर्फबाट मंगलबार...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
मौसम : कतै तातो लहर, कतै मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ- हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...











