ताजा समाचार

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

काठमाडौं। भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।

आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

उनले छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको जनाएका छन्। “प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला”, उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org