एमालेले बोलायो सचिवालय बैठक, के छन छलफलका एजेण्डा ?
काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमालेले यहि साउन १७ गते बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ । एमालेले पार्टीका विभिन्न कामका साथै सरकारबारे समेत छलफल गर्ने बताइएको छ ।
‘पार्टी सचिवालय बैठक बोलाइएको छ । त्यहाँ विभिन्न विषयमा छलफल हुन्छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले भने ।
एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो।
एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। त्यस्तै साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ।
एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ। त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ। त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ।
यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












