सबै प्रदेशमा आज भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणतय देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, वाग्मती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
सर्वोच्चको पेशी आउन ढिला हुने, आन्तरिक बैठक जारी
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसमा वरियता मिचिएपछि सर्वोच्च अदालतको पेशी नै ढिला हुन पुगेको छ। सर्वोच्च अदालतमा आन्तरिक बैठक चलिरहेका कारण...












