नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै भारी बोकी हिड्न मात्र लागेको थियो, एक्कासी खुट्टामा काँडा बिझेछ । अनेक प्रयत्न गर्यो तर काँडा निस्केन । हिड्नै नसक्ने भयो । बाघ, भालु जस्ता वन्यजन्तुले खान सक्छ भनी अतालिन थाल्यो । त्यसै बेलामा एकजना अपरिचित बटुवा टुप्लुक्क त्यहाँ आईपुग्यो । दाउरेले त्यो वटुवा देवदुत जस्तो मानी आफ्नो समस्यो सुनायो । बटुवाले कुनै वास्ता गरेन । वाटो लाग्न थाल्यो ।
दाउरेले धेरै अनुनय गर्यो । तव “हेर म तिम्रो काँडा निकाल्न सक्दिन तर तिम्रो काँडा निकाल्नको लागि उपाय सिकाई दिन्छु” भनी अर्को एउटा सियो जस्तो तिखो काँडा त्यही जंगलवाटै खोजी दिएर बाटो लाग्यो । सल्लाह पाएझैं दाउरेले तिखो काँडालाई प्रयोग गरी विझेको काँडो निकाल्यो । फ्याँक्यो ।
संकटमुक्त भएकोमा खुसी हुँदै हिड्न मात्र लागेको थियो झ्वाट्ट सम्झ्यो “ओहो ! काँडो त फेरी बिझ्न सक्छ ।” त्यसैले यो निकाल्न प्रयोग गरिएको काँडो सुरक्षित राख्नु पर्यो फेरी आपतमा काम लाग्छ भन्ने सोच्दै वटुवाले दिएको काँडो राख्ने सुरक्षित स्थान खोज्यो तर उपयूक्त स्थान कतै फेला पार्न सकेन ।
कानमा सिउरिउँदा अडिएन, खल्ती च्यातिएको रहेछ । यसो खुट्टामा हेर्दा अघि काँडा निकालेको प्वाल खाली देख्यो । वल्ल काँडा राख्ने सुरक्षित स्थान पाईयो भनी दाउरेले आफुलाई उपयोगी लागेको काँडा त्यही प्वालमा घुसार्यो र पुनः पहिलेकै संकटको अवस्थामा पुग्यो ।
कोभिडको मारले दाउरेलाई परेको जस्तै कठिनाई नेपालको अर्थतन्त्रमा परेको थियो । दाउरेकोलागि तिखो काँडो जस्तो नेपालको अर्थतन्त्रको संजिवनी कृषि क्षेत्र भएको थियो । कृषि क्षेत्र सवैलाई नभै नहुने अति आधारभुत आवश्यकता “खाना” दिएको छ । जुन कुरा हामीले विर्सिएको जस्तै भएको थियो ।
शहरी क्षेत्रमा खाद्य सामाग्री कहाँबाट आउँछ भन्दा “पसलबाट” भन्ने उत्तर आउन थालिसकेको बेलामा कोभिडको कारणले कृषि क्षेत्र प्रति ध्यान गएको थियो । नागरिक र राज्य संयन्त्रहरुले पनि कृषिलाई प्राथमिकतामा राखेका थिए । बर्षौ देखि वाँझो जग्गाको उव्जाउन हुन थालेको थियो । तर विस्तारै कोभिडको मार कम हुन थाल्यो ।
नागरिक र सरकारहरुको प्राथमिकता फेरिन थाल्यो । कथामा दाउरेले तिखो काँडो पुरानैं संकटमुखी दुलोमा घुसारे जस्तै कृषिलाई पहिलाकै नजरमा पारिएको छ । जसको कारणले मुलुक फेरी संकट तिर फस्दैछ । मुलुकको अर्थतन्त्र चौपट हुँदैछ । कृषिलाई प्राथमिकतामा नराख्दा र नदिंदा मुलुक गम्भीर संकटमा पर्दैछ ।
उत्पादनको स्रोतहरु निस्किृय हुँदैछन् । परनिर्भरताको पराकाष्ठा हुँदैछ । सवै सरकारको नीति तथा कार्यक्रममा कृषि लगायत उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ तर वजेटमा असाध्यै न्यून छ । कार्यान्वयनको बेलामा त कता पुग्छ कता । कृषिमा अनुदानका केही कामहरुको सूची देखिन्छ तर प्रभावकारीता देखिन्न ।
प्रतिफलमा आधारित अनुदानको परिपाटी विकास नगर्नु भनेको कथामा भने झैं पुरानो घाउलाइ फेरी वल्झाउनु नैं हो । उदाहरणका लागि कागती, सुन्तलाको विरुवा रोपी १ वर्षको वनाउनेलाई प्रति विरुवा रु ३ सय अनुदान दिने अनी एभोकाडो, पिकानट, किवी जस्ता धेरै वर्ष टिक्ने फलफूलको विरुवा रोपी २ वा ३ वर्षको वनाए पछि प्रति विरुवा रु. ५ सय अनुदान दिने व्यवस्था गर्न सकिन्छ । विरुवा रोप्नु ठुलो कुरा होइन तर त्यस्ले उत्पादन दिन लायक वनाउनु महत्वपूर्ण कुरा हो ।
यस्ता नविनतम् सोचका धनी हाम्रा जनप्रतिनिधिहरु हुनुु पर्दछ । किसानका वारेमा वुझ्ने ३ तहका मध्ये स्थानीय सरकार भन्दा अरु कुनै हुनै सक्दैन । संघीय र प्रदेश सरकारहरु त टिभीमा देखिने रेडियो सुनीने हो । जिउँदाको साथी मर्दाको मलामी स्थानीय सरकार मात्र हो । कृषिलाई उद्यमको रुपमा विकास गरी रोजगारी दिनेहरुलाई केही अनुदान वा सहुलियत दिने परिपाटी विकास गरौं ।
हरेक वडामा कृषि सेवा तथा सूचना केन्द्रको स्थापना गरौं । कृषी वाली प्रवद्र्धन गर्ने कार्य र परेका कठिनाईको वारेमा जीवन्त अनुसन्धान गर्ने कार्यमा “नार्क” जस्तालाई जिवन्तता दिनु पर्दछ । यस्ता निकाय राजनीतिक नियूक्ति खाने मात्र नहोस् । दोलखाको रायोको सागमा धेरै विषादी हालेको सामाचार आइरहेको छ । कृषि व्यवसायीहरुले पनि कथामा झै संकट आफैले सिर्जना गरिरहेका छन् । यो रोक्न आवश्यक छ । समृद्धिकोलागि किसान मात्र भएर हुन्न कृषक हुनु पर्दछ ।
किसानले जिविकोलागि वा आफै प्रयोग गर्न सवै खाले उत्पादन गर्न खोज्दछ । कृषकले उत्पादनमा विविधिकरण भन्दा पनि एकै वा केही तर धेरै उत्पादन गरेर वेच्छ । व्यवसायिक हुन्छ । कोरोना प्रत्यक्ष लहर कम भए पछि विदेशीनेको लर्को वढेको छ । सरकार र नागरिकहरुको पनि उत्पादन केन्द्रीत भन्दा पनि पुरानै पारा आइसक्यो । कथामा झै कोरोनाको संकट टार्ने कृषि थियो । तर कृषिलाई फेरी पुरानै भूमरीमा झिराइएको छ । त्यसैले अब झन् संकट आउन सक्ने अवस्था देखिन्छ । बेलैमा सोचौं ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












