यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर १११ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ०२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २४ रुपैयाँ र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २० पैसा रहेको छ । रतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । -रासस
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
बाढी प्रभावित असाहय बालबालिकाको भविष्य बनाउन भारत–नेपालका दुई फाउन्डेसनको सहकार्य
पोखरा। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा....
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख...












