फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका शिक्षाध्यक्ष एवं परिषद्का अध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतमा मंगलबार बसेको बैठकले निर्वाचनको सबै तयारी गर्ने निर्णय गरेको हो।
परिषद्को निर्णयसँगै देशैभरका क्याम्पसमा निर्वाचनको सरगर्मी बढेको छ। गत वर्ष सम्पन्न त्रिवि सभा बैठक (सिनेट)को निर्णयको आधारमा आगामी फागुन १५ गते निर्वाचन गर्ने निर्णय भएको हो। त्यसकै आधारमा मंगलबार परिषद्को बैठकले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई निर्वाचन गर्ने जिम्मा दिएको हो।
निर्देशनालयका निर्देशक एवं परिषद्का सदस्यसचिव पशुपति अधिकारीले परिषद्को बैठकले निर्वाचन गर्ने निर्णय अनुमोदन गरेको जानकारी दिए। उनले भने– ‘परिषद्को बैठकको निर्णयको आधारमा फागुन १५ गते स्ववियु निर्वाचन हुनेछ।’
शिक्षाध्यक्ष अध्यक्ष रहेको परिषद्को उपाध्यक्ष रजिस्टार केदारप्रसाद रिजाल हुने व्यवस्था छ। सदस्यहरूमा ३ जना स्ववियु सभापति, ३ जना डीन र ३ जना क्याम्पस प्रमुख रहने व्यवस्था छ । स्ववियु सभापतिको तर्फबाट ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, अस्कलका प्रेम जैसी र पद्मकन्या क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरु रहेका छन् । परिषद्को सदस्यसचिवमा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक रहने व्यवस्था छ ।
सो बैठकले निर्णय गरेर कार्यान्वयन गर्न निर्देशनालयलाई जिम्मा दिएको छ । निर्देशक अधिकारीका अनुसार निर्देशनालयले त्रिविका पदाधिकारीसँग छलफल गर्नेछ । त्यसपछि विद्यार्थी संघ संगठनसँग छलफल गरी माघ १५ गतेभित्र कार्यतालिका सार्वजनिक गर्नेछ ।
उपकुलपति प्राडा केशरजंग बरालले क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख भएकाले सोही दिन निर्वाचन गर्ने निर्णय परिषद्ले गरिसेकेको बताए । उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रममा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गरे ।
स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल सकेसँगै त्रिविले स्ववियु निर्वाचन प्रक्रिया शुरू गर्न लागेको हो । ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झन्डै ७ सय सम्बन्धनप्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ’ –निर्देशक अधिकारीले भने ।
स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पसमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताए । उपत्यका ४ र उपत्यका बाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन् ।
गतवर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ ।
त्रिविले गएको निर्वाचन प्रणालीअनुसार निर्वाचन गर्ने तयारी गरेको छ । निर्देशक अधिकारीले आउँदो निर्वाचनमा स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन्।
उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य सामानुपातिक प्रणालीमार्फत चुनिनेछन्। निर्वाचनमा भाग लिने स्ववियु पदाधिकारी र सदस्यको उमेर हद २८ वर्ष नै कायम हुने गरी तयारी थालेको छ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












