धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ । यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो ।
प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने नगरप्रमुख ब्याञ्जूले जानकारी दिए।
उनका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ । बाढीपहिराले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको वडा नं ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयमा हालसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ ।
यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि नगरमा पानी वितरण भएको छ । गत दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य स्थानमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो । बाढीपहिरोले तीन दशकअघि देखि सञ्चालनमा रहेको उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।
विशेषगरी आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार दुई सय घरमा पुयाइएको थियो । समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न हालसम्म रु १९ लाख ७९ हजार खर्च गरिएको बताउनुभयो । आयोजनाको स्थायी पुनः निर्माणका लागि करिब रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश...
-
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।...
-
ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित...
-
एमाले केन्द्रीय कमिटीको बैठक आज देखि बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज बस्दै छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा...
-
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम...
-
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई...
-
यस्तो छ काठमाडौंमा आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र...
-
बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब रूपियाँ खर्च हुने
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने...
-
एमाले केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि...