प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक पुगेका दुई नेताबीच शुक्रबार अपराह्न भेटवार्ता भएको हो ।
यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए ।
ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताहरुबीच सौहार्द कुराकानी चलिरहेको छ । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली वार्तामा सहभागी छ ।
बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको छ ।
Comments
अरु समाचार
-
राप्रपाले काठमाडौंमा आज गर्ने प्रदर्शन कतिको अनुशासित होला ?
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति...
-
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २२ घाइते
लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका(७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने...
-
काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का वर्षा हुनेछ: मौसमविद
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीन/चार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट नेपालतर्फ...
-
आजको राशिफल: २०८१ चैत २६ गते मंगलवार
मेष : बिहानको काम सन्तोषजनक नभए पनि दाेहाेर्याएर प्रयास गर्नुहाेला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम...
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...