ज्ञानेन्द्रको शासन व्यहोरेको भए बिपी पनि गणतन्त्रवादी हुनुहुन्थ्योः शंकर पोखरेल
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी उग्रताप्रति आक्रोश पोखेका छन् ।
सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको शासन व्यहोर्नुपरेको भए बिपी कोइराला पनि गणतन्त्रको पक्षमा उभिने दाबी गरेका छन् ।
बिपीभन्दा गिरिजाप्रसाद कोइराला संवैधानिक राजसंस्थाको पक्षमा रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘त्यसैले नेपालमा लोकतन्त्र र राजसंस्था संगै जान सक्दछ भन्नेहरुले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन वेहोर्नु परेको भए विपि पनि गणतनत्रका पक्षमा उभिनुहुन्थ्यो । किनकी विपिको समयमा विपि भन्दा वढि नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’
राजसंस्थाको पक्षमा आन्दोलनमा उत्रिएको राप्रपाले विपीको शालिकमा कालोमोसो दल्ने, तोडफोड गर्ने जस्ता अमर्यादित काम गरेको भन्दै पोखरेलले कांग्रेसभित्रका राजावादीलाई समेत यसतर्फ सचेत गराएका छन् ।
राजावादी आन्दोलनको संयोजक रहेका धवलशमशेर जबराको गृहजिल्लामा प्रदर्शन भइरहेको व्यवहारले उनीहरु के चाहन्छन भन्ने पुष्टी हुने भन्दै पोखरेलले आक्रोश पोखेका हुन् ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...












