रघुवीर महासेठलाई लखेट्ने रणनीतिमा लीला श्रेष्ठ: मधेसमा आक्रोश
काठमाडाैं । संविधान जारी भएपछि मधेसमा चलेको एमाले निषेध अभियान खस्किदै गएको छ । कुनैबेला एमाले र अध्यक्ष केपी ओलीलाई निषेध गर्ने भन्दै विभिन्न दल, व्यक्ति र संस्थासमेतले चलाएको अभियान पूर्णतः असफल बन्न पुगेको छ।
मधेसमा रघुवीर महासेठलाई पार्टीको जिम्मा लगाउदै अध्यक्ष ओलीले शुरु गरेको अभियानले सार्थकता पाउँदा अहिले एमालेले मधेसमा ठूलो फड्को मार्न सफल भएको छ । २०७९ को निर्वाचनबाट एमालले स्थानीय तह, प्रदेश र संघमा राम्रो नतिजा प्राप्त गर्नुका साथै मधेसमा एमालेले पकड थप बलियो पार्न थालेको छ ।
मधेसमा यसरी एमालेलाई बलियो पारेका रघुवीर पछिल्लो समय भने कोपभाजनमा पर्न थालेका छन् । मधेसको लामो समय इन्चार्जसिप सम्हालेपनि पार्टीलाई उचाईमा पुर्याउन नसकेका लीलानाथ श्रेष्ठको ठाडो आदेशमा रघुवीरलाई निषेध गर्न थालिएको छ ।
मधेसको सिरहा जिल्लाको अधिवेशन मंगलबार हुँदैछ । यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली उपस्थित हुने कार्यक्रम तय भएको छ । तर, रघुवीर भने कोपभाजनमा पर्दा सम्मेलनमा बोलाइएका छैनन् ।
लीलानाथको आदेशमा बोलाउने नेताहरुको लिस्टमा नाम नभएका कारण रघुवीरलाई नबोलाइएको सिरहाका कार्यवाहक अध्यक्ष नविन यादवले न्यूज नेपाललाई जानकारी दिएका छन् । लीलानाथले मधेसमा गुटको राजनीतिलाई फेरि सक्रिय बनाउन थालेको भन्दै नेताहरुले चर्को असन्तुष्टी जनाउन थालेका छन् । तर, यसलाई रोक्न अध्यक्ष ओलीबाहेकले सक्लान? चासोका साथ यो विषयलाई हेर्न थालिएको छ।
को हुन लीलानाथ श्रेष्ठ ?
लीलानाथ श्रेष्ठ अकुत सम्पत्तिका मालिक रहेको आरोप पार्टीभित्रै लाग्ने गर्छ । अझं केहिले त उनलाई सम्पत्तिको रक्षा गर्नकै लागि वामपन्थी राजनीतिमा लागेको आरोप लगाउने गर्छन् । लीलानाथका बुवाले गरिव किसान तथा बालबालिकाको प्रयोग गरि बिडी उत्पादन गर्ने गर्थे । लीला बिडी मधेशमा चर्चित र प्रख्यात समेत छ । यसरी सुर्ति र बिडी उत्पादनबाट मनग्य सम्पत्ति आर्जन गरेको लीलानाथको परिवार मधेसको राजनीतिलाई कब्जा गर्ने प्रयत्नमा जुटेको आरोप समेत लागिरहेको छ ।
मधेसमा एमालेलाई बलियो पार्न खटेका रघुवीरलाई निषेध गर्दै लीलानाथले चालेको कदममा एमालेले निर्णायक हस्तक्षेप चाल्दै पार्टीलाई पारदर्शी र व्यक्ति नभई संस्था केन्द्रित बनाउला ? मधेसमा चासो र चिन्ता बढेको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












