सरकारी क्याम्पस सुधारको विकल्प बन्न सक्ला त स्ववियु ?
काठमाडौं । हरेक क्याम्पसमा विद्यार्थीहरुले विभिन्न समस्याको सामना गर्नु परिरहेको हुन्छ । ती सबै समस्याहरुलाई विद्यार्थीहरु स्वयमले समाधान गर्न सक्दैनन् । किनकि एउटा व्यक्तिले बोल्दा त्यति प्रभावकारी नहुने हुँदा उनिहरुको हकहितको पक्षमा काम गर्न र आवाज उठाउँन एउटा साझा र स्वयत्त संगठनको आवश्यकता पर्दछ ।
त्यसैले उनिहरुले समस्याहरुबाट समाधान पाउनका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मध्यम बाट एउटा नेतृत्व चयन गर्दछन जुन नेतृत्वले ती विभिन्न समस्याहरुको समाधानको बाटो निकाल्ने गर्दछ ।
हाम्रो देशको शिक्षा क्षेत्र दिनदिनै विकृति र विसंगतिले ग्रस्त बन्दै गईरहेको छ । समाजमा देखा परेका र शिक्षाक्षेत्रका तमामखालका विकृति र विसंगतिहरुको अन्त्य गर्दै शिक्षालयमा स्वच्छ र प्राज्ञिक वातावरण निर्माण गर्नको लागि सरोकारवाला पक्षलाई दबाब सिर्जना गर्न स्ववियुले महत्त्वपुर्ण भुमिका खेल्ने गर्दछ ।
क्याम्पस तहमा हरेक २/२ वर्षको अन्तरालमा स्ववियुको चुनाव हुने गर्दथ्यो, तर बिचमा संक्रमणकाल र राजनीतिक अस्थिरताले गर्दा स्ववियुको चुनाव हुन सकेको थिएन । वि.स. २०७२ सालमा नेपालभरिमा स्ववियु चुनाव गराउने भनिए पनि सबै क्यापसहरुमा हुन सकेको थिएन । त्रि–चन्द्र क्याम्पसमा २०७९ मा चुनावी प्रक्रिया र फर्जी भर्नाको बिषयलाई लिएर उम्मेदवारी दर्ताको दिन चुनाव स्थगित भएको थियोे । यसवर्ष भने १६ बर्षपछि देश कै पुरानो ऐतिहासिक शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसमा स्ववियु हुँदा सकारात्मक संदेश प्रवाह भएको छ ।
स्ववियुबाट विद्यार्थीहरुलाई धेरै कुरा सिक्ने र व्यक्तित्व विकासका लागी अवसर मिल्छ । आफ्ना समस्याहरुलाई पनि समाधान गर्ने माध्यम विद्यार्थीहरुलाई मिल्ने गर्दछ । हाम्रो जीवनसँग सम्बन्धित हरेक कुरा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा राजनीतिसँग जोडिएको छ ।
शिक्षा, स्वस्थ्य, यातायात, खानेपानी लागायतका विभिन्न सेवा सुविधाहरु राजनीतिसँग जोडिएका छन । त्यसैले देशको राजनीतिको बारेमा जानकारी राख्नु आफ्नो समाज र देशको राजनीतिक अवस्था बारेमा ज्ञान राख्नु एकदमै आवश्यक हुने गर्दछ । राजनीतिप्रति रुचि र चासो हुने विद्यार्थीहरुले स्ववियुको माध्यमबाट व्यावहारिक रुपमा राजनीतिक जीवनको शुरुआत गर्ने अवसर प्राप्त गर्दछन् । चुनाव र चुनावी प्रक्रियाको ज्ञान हासिल गर्न सक्छन । नेतृत्व सिप बिकास गर्न सक्छन् । व्यक्तित्व विकास गर्न सक्छन् । यसरी स्ववियुले विभिन्न अवसर विद्यार्थीहरुको लागि बोकेको हुनाले । हरेक विद्यार्थीले स्ववियुप्रती सकारात्मक हुनुपर्छ ।
त्यस्तै, निरन्तर २/२ बर्षमा स्ववियुको चुनाव गराएर विद्यार्थीहरुको सबल भाग्य र भविस्य सुनश्चित गर्नु पर्दछ । शैक्षिक रुपान्तरण गर्दै शिक्षा क्षेत्रका विकारपनलाई शुद्धिकरण गर्नुपर्दछ ।
हाम्रो देश र समाजमा अझै पनि केहि अराजक, पराजित र जनता बाट बहिस्कृत तत्वहरु विद्वमान छन् । त्यस्ता तत्वहरुको उद्देश्य समाज र समाजका जनताहरुको भलो हुन नदिने हुन्छ। जनताको खुसिहालिमा बाधा हाल्ने हुन्छ । त्यस्ता मनस्थिती बोकेका तत्वहरुले स्ववियुलाई पनि असर पार्ने गद्र्छन । निर्वाचनमा जित हार हुनु स्वभाविक हो, आफ्नो हार निश्चित देखेपछी वा आफू अनुकुल परिणाम र पावर नदेखेपछि तालाबन्दी गर्न आउने गर्दछ्न ।
आफ्ना क्याम्पसमा भएका विभिन्न समस्याहरु समाधान गर्नको लागि स्ववियुको एकदमै महत्व भएकोले स्ववियुको चुनावलाई सफल पार्नु हरेक विद्यार्थीको कर्तव्य रहन्छ । फलस्वरूप त्रि–चन्द्र क्याम्पसमा सबैको सकारात्मक पहलमा स्ववियु चुनाव सफल भएको छ ।
अब, स्ववियुको माध्यमबाट विद्यार्थीहरुको हकहितको जगेर्ना गर्दै क्याम्पस प्रशासनलाई मजबुत बनाउन सकेमा क्याम्पसलाई सबल बनाउँन सकिन्छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












