२०८१ सालमा चट्याङ लागेर ७८ जनाले ज्यान गुमाए
काठमाण्डाै। २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको ज्यान गएको छ । २०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएकोमा ७८ जनाको ज्यान गएको र ३०९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नेपालमा खासगरी प्रि–मनसुनको समयमा अर्थात् मध्य फागुनदेखि मध्य जेठ महिनासम्म चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाजसहित पर्ने चट्याङले वर्षेनि ठूलो जनधनको क्षति पुर्याइरहे पनि क्षति न्यूनीकरणका लागि पर्याप्त काम हुन सकेको छैन । बिजुली तथा विद्युतीय सामग्रीको उपयोग बढेसँगै चट्याङबाट हुने मृत्यु र घाइतेको सङ्ख्या पनि बढिरहेको छ ।
अग्ला टावर र भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरामा चट्याङको जोखिम धेरै हुन्छ । चट्याङबाट जोगिन घर र भवनहरू बनाउँदा राम्ररी अर्थिङ गर्ने, आकाशमा गड्याङगुडुङ गर्न थालेमा टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल बन्द गर्नेलगायत सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । चट्याङ परेको समयमा सुक्खा ठाउँमा बस्नुपर्छ । भित्ता, सिमेन्टको भुइँ र झ्यालमा टाँसिनु हुँदैन । चट्याङ परेको आधा घण्टासम्म बाहिर नजानु हुँदैन । घर बाहिर भएमा बिजुली र रुखबाट टाढा बस्नुपर्छ । खोला, पोखरी, तरबार गरिएको ठाउँको नजिक पनि जान हुँदैन ।
Comments
अरु समाचार
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...












