ज्याम्च्याङ भोटेले गरे सगरमाथाको नौं पटक सफल आरोहण, जलवायु परिर्वतन र पर्यावरण संरक्षणमा नयाँ सन्देश प्रवाह !
“Grow Greenery, Save the Earth” भन्ने सन्देश समेटिएको झण्डा सगरमाथामा !
काठमाडौं । नेपालका प्रसिद्ध पर्वतारोही ज्याम्च्याङ भोटेले सगरमाथाको नौं पटक सफल आरोहण गर्नुभएको छ ।
२०८२ साल जेठ ५ गते सोमबार (१९ मे २०२५) का दिने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल हुनुभएको हो । यो उहाँको नवौं सगरमाथा सफल आरोहण हो, जसले भोटेलाई विश्वभरिको पर्वतारोहण क्षेत्रमा एक सक्षम र अनुभवी पर्वतारोहीको रूपमा स्थापित गराएको छ ।
त्यस्तै, यस ऐतिहासिक आरोहणका क्रममा उहाँले CK Research and Greenery Promotion Pvt. Ltd. को तर्फबाट “Grow Greenery, Save the Earth” भन्ने पर्यावरणीय सन्देश समेटिएको झण्डा सगरमाथाको शिखरमा पुयाएर वातावरण संरक्षणको सन्देश विश्वभर प्रवाह गर्नु भएको छ ।
मुख्य रुपमा “वन पुनःस्थापना र हरियाली प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारालाई आत्मसात गर्दै उहाँले संसारभरिका आरोही तथा पर्यावरणप्रेमीहरूलाई हरित भविष्य निर्माणतर्फ प्रेरित गर्न सन्देशमूलक झण्डा फहराउनु भएको हो ।
वन, वातारण, प्राकृतीक सम्पदा तथा पर्यावरणको संरक्षण,संर्वद्धन गर्ने उदेश्यले स्थापना गरएको सीके रीसर्च एण्ड ग्रीनरी प्रमोसन प्रा.लीले स्थापनाकाल बाट नै यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
सगरमाथामा झण्डा फहराउनाले जलवायु परिवर्तन, वनजंगलको संरक्षण र हरियाली प्रवर्द्धनका साथै जनचेतना अभिवृद्धिमा टेवा पुयाउने विश्वास प्रा.लीका अध्यक्ष छिन्डुम मेनक्पा भोटेले गरेका छन् ।
नेपाल र विश्व पर्वतारोहण जगतमा ज्याम्च्याङ भोटे एक प्रतिष्ठित पर्वतारोहीका रूपमा परिचीत हुनुहुन्छ । उहाँको यो उपलब्धिले नेपालको गौरव बढाउनुका साथै वातावरणीय चेतनाको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको विश्वास व्यक्त गरिएको छ ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...












