रविलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपामा खैलाबैला, अब थुना कहिलेसम्म होला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहिलेसम्म थुनामा रहनेछन् ? यो आम चासोको विषय हो । सर्वोच्चले अदालतले उच्च अदालत तुलसीपुर बुटवल इजलासले पूर्पक्षका लागि थुनामै राख्ने दिएको आदेश सदर गरेपछि रवि गम्भीर संकटमा फसेका हुन् ।
रास्वपा सभापति लामिछाने अब कम्तिमा पनि रुपन्देही जिल्ला अदालतमा चलिरहेको मुद्दा अन्तिम किनारा नलागेसम्म थुनामै रहने पक्का भएको हो । रुपन्देही जिल्ला अदालतबाट सफाई पाउने स्थिति नबनेमा भने रवि जेलतर्फ जानेछन् ।
पोखरा, काठमाडाैं, चितवन लगायतका अदालतमा चलिरहेका मुद्दामा जस्तो फैसला आएपनि रवि अब रुपन्देही जिल्ला अदालतको फैसला कुर्नुपर्ने स्थितिमा पुगेका हुन् ।
उसोतः पोखरा, काठमडाैं र चितवनमा रविलाई धराैटीमा छाड्ने जिल्ला अदालतका फैसलाविरुद्ध समेत सरकारी वकिलको कार्यालयले सम्बन्धित उच्च अदालतमा अपिल गरेका छन् । तर ती अदालतबाट आउने फैसलाले धराैटी सदर गरेपनि रविको थुना रुपन्देहीमै निर्भर हुने भएको हो ।
उसोतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अब के गर्ला ? रवि पूर्पक्षका लागि थुनामा रहेको बेला रास्वपाले कसरी आफूलाई अघि बढाउला ? अदालती प्रक्रिया लामो समय चल्ने स्थितिमा रास्वपाले नेतृत्व छनोटमा के गर्ला ? तमाम प्रश्नहरु उब्जिएका छन् ।
चैत्रभित्र महाधिवेशन गर्ने भनेको रास्वपा थप तनावमा परेको छ । यद्यपी सर्वोच्चको आदेशपछि रास्वपाले आकस्मिक रुपमा सचिवालय र केन्द्रिय समितिको भर्चुअल बैठक डाकेको छ । त्यो बैठकले के गर्छ भन्ने आमचासो देखिएको बेला रबिबिनाको रास्वपा अर्को निर्वाचनसम्म सग्लो रहनेमा धेरैले शंका गरिरहेका छन् ।
रविको अनुहार हेरेरै ओर्लिएको भोट अब के होला भन्ने चासो समेत उत्तिकै छ । रास्वपा महाधिवेशन गर्न नसक्ने स्थितिमा पुग्दा निर्वाचन आयोगले दलको मान्यता नै खारेज गरिदिने खतरा समेत रहन्छ । यस्तो स्थितिमा बिखलन्दमा परेको रास्वपा ठूलो परीक्षामा होमिन पुगेको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












