मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ ।
संवैधानिक निकायले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रश्न उठाउदै अख्तियारलाई सत्ता नेतृत्वसंग जोड्न थालिएको छ । यसमा पूर्वप्रधानमन्त्री प्रचण्डदेखि नेकपा एकीकृत समाजवादीका नेताहरु नै सक्रिय बनेपछि प्रश्न उठ्न थालेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्नु अख्तियारको प्रमुख दायित्व भएपनि भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गर्दा अख्तियारमाथि यसरी जाइलाग्नुले संवैधानिक अंगमाथि हस्तक्षेपको प्रारम्भ भएको भन्न थालिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अदालतको विषय बनिसकेकाले टिप्पणी नगर्ने भनिरहेको बेला प्रचण्ड भने अख्तियार प्रधानमन्त्री केपी ओलीको प्रभावमा परेको भन्दै कुप्रचारमा मच्चिएका छन् ।
उसोतः प्रचण्डले भरत तालमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दा समेत संसदमै कडा शब्दमा आपत्ति जनाउदै संवैधानिक अंगमाथि दबाब सिर्जना गर्न खोजेका थिए । अहिले थापाविरुद्ध अख्तियार र वन विभागले चार वटा मुद्दा दायर गरिसकेका छन् ।
यता, माधवविरुद्धको मुद्दालाई राजनीतिकरण गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जोड्दै प्रचण्डले यो विषयलाई उचाल्न खोजिरहेको भन्दै चर्चा शुरु भएको छ ।
नेकपा एसभित्र पार्टी नेतृत्व हत्याउन राजेन्द्र पाण्डेले समेत अनेक चलखेल शुरु गरेको चर्चा चलिरहेको छ । माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाएको विषयलाई प्रधानमन्त्री ओलीसंग जोड्दै उनले तथानाम गरिरहेका छन् । पाण्डेले कार्यबाहक अध्यक्षको जिम्मेवारीका लागि दाैडधुप तीब्र पारेका छन् ।
पाण्डेसंगै प्रकाश ज्वाला समेत सक्रिय रुपमा माधव नेपालको वचाउमा उत्रिएका छन् । तत्कालीन अवस्थामा भाैतिक मन्त्री हुँदा सडकमा रंग पोतेल बस सञ्चालन गरेपनि त्यसमा ठूलो भ्रष्टाचार भएको बताइन्छ । धमाधम सडकमा रंग पोत्न करोडाैं रकम खर्चिएको विषय अपारदर्शी देखिएको बेला आफुमाथि समेत अख्तियारको नजर पर्न सक्ने भन्दै माधवको बचाउमा उत्रिएको बताइन्छ ।
‘प्राप्त प्रमाण, तथ्य र भ्रष्टाचार भएका आधार केलाएर अभियोजन गर्ने हो । व्यक्ति को पर्छ त्यो कानूनले नै निर्देशित गरेको मापदण्डमा रहेर हुने हो । यसमा कुनै संस्था वा सरकारसंग जोडेर हेर्नु सर्वथा गलत विषय हो । अख्तियारले आग्रह पुर्वाग्रह साँध्नुपर्ने कुनै कारण छैन् । सहि गलत त अदालतले निरुपण गरिहाल्छ नि । अहिले नै दोषारोपणमा उत्रिएर संवैधानिक अंगलाई कमजोर पार्ने काममा लाग्नु राज्य प्रणालीलाई कमजोर बनाउनु हो ।’ स्रोतले न्यूज नेपाललाई भनेको छ ।
अख्तियारले मुद्दा अभियोजन गरेपछि अदालतको क्षेत्राधिकारभित्र पुगिसकेको विषयमा राजनीतिक रुपमा टिप्पणी हुन थालेपछि यसबारेका अनेक चर्चा भने हुन थालेका छन् । प्रचण्डमाथि लडाकु शिविर घोटाला प्ररकण, शेरा दरबार प्रकरणदेखि थुप्रै प्रकरणको तरवार झुण्डिएको छ भने पाण्डे र ज्वालामाथि समेत मन्त्री हुँदामा विभिन्न प्रकरणहरुले तनाव सिर्जना गरिदिएको बताइन्छ ।
नेताहरुले अहिले राजनीतिक रुपमा तरङ्ग पैदा गर्दै अख्तियारलाई मनोवैज्ञानिक प्रभावमा पार्ने र न्यायालयलाई समेत दबाबमा राख्ने रणनीति अख्तियार गर्दा मुद्दा अभियोजनमाथि नै सरकार र प्रधानमन्त्री ओलीलाई जोडेर हेर्न थालिएको छ । यद्यपी यी विषय अख्तियारको क्षेत्राधिकारभित्र पर्ने भएपनि नीतिगत निर्णयको लेप लगाएर छुटकरा पाउने गरि कदम चाल्न भने खोजेको देखिन्छ ।
नेकपा एस कोशी प्रदेशले वक्तव्यबाजी नै गरेर अख्तियारमाथि गम्भीर आरोप लगाएको छ। कोशी प्रदेश अध्यक्ष सरिता थापाले विज्ञप्ति जारी गर्दै माधव नेपालविरुद्ध अख्तियारले प्रतिशोध साँधेको आरोप लगाएकी छन् । उनले पतञ्जली प्रकरण नीतिगत निर्णय भन्दै अभियोजनमा प्रश्न उठाएकी छन् । उसोतः पार्टीले संवैधानिक अंगविरुद्ध वक्तव्यबाजी गर्न थालेपछि नेकपा एसले कसरी राज्य सञ्चालनका नीति अख्तियार गर्न थालेको छ भन्ने विषय समेत चर्चामा आएको छ ।
हेर्नुहोस वक्तव्य

Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...