सरकारी पक्षले प्रमाण पेश गर्न नसक्दा आलमले सफाई पाएको खुलासा (फैसलाको पूर्णपाठ)
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री आफताव आलमलाई सफाई दिएको भन्दै विवादमा पारिएका न्यायाधीश डा. खुशीराम तारु र अर्जुन महर्जनले सरकारी वकिलले पर्याप्त प्रमाण देखाउन नसकेपछि आलमलाई सफाई दिएको खुलेको छ ।
उच्च अदालत वीरगञ्जले आलमलाई सफाई दिदा जिल्ला अदालतले गरेको फैसला उल्टी हुनेगरि गरेको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।
पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । मारिएका व्यक्तिको वारदात (इँटाभट्टा)मा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाइ पाउने फैसलाको पूर्णपाठमा उल्लेख छ ।
आलममाथि पिन्टु भनिले त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई विस्फोटमा घाइते भएपछि जिउदै इट्टाभट्टामा लगेर जलाएको आरोप लागेको थियो । दुईजनालाई जिउदै इट्टाभट्टामा जलाएको आरोपमा उच्चका न्यायाधीशद्वय थारु र महर्जनले सबुत प्रमाण वादी (सरकारी वकिलको कार्यालय)ले पेश गर्न नसकेको, विधि विज्ञान प्रयोगशालामा भएको परिक्षण प्रतिवेदनबाट समेत पुष्टी हुने आधारहरु नदेखिएकाले दोषी करार गर्न नमिल्ने भन्दै सफाई दिएको छ । तर, सार्वजनिक रुपमा न्यायाधीशद्वयमाथि अनेक प्रश्न उठाउदै न्याय परिषद्मा उजुरी परेपछि अहिले अनुसन्धान चलिरहेको छ ।
गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।
‘पर्याप्त प्रमाण, तथ्य र कानूनी प्रावधानबाहेक कसैलाई पनि दोषी करार गर्न सकिने स्थिति हुन्न । न्याय सम्पादनमा कोहिमाथि धेरै प्रश्न उठे भन्दैमा केहि गर्न सकिन्न । आधार कारण र सबुत नभए कोहिपनि दोषी ठहर गर्न सक्ने अवस्थ रहन्न ।’ एक पूर्वन्यायाधीशले भने ।
फैसलाको पूर्णपाठः
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











