अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ । एक्स्पर्ट नामक एजुकेशनल कन्सल्टेन्सी चलाइरहेका उनी सोही व्यवसाय देखाएर तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका पालामा उक्त मानार्थ महावाणिज्यदूतको नियुक्ति लिएका थिए । उनैको सोही कन्सल्टेन्सी अहिले फेक डकुमेन्ट बनाएर आर्थिक चलखेलमा धमाधम विदेश विद्यार्थी पठाउने कार्यमा लागेको खुल्न आएको हो ।
चितवनस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज’ नामक कन्सल्टेन्सी सो कार्यमा संलग्न भएको तथ्यहरु खुलेको छ । आम्दानीको स्रोत, व्यवसाय दर्ता, बैंक स्टेटमेन्ट लगायतका फर्जी कागजात बनाउनेमा उक्त कन्सल्टेन्सीको नाम जोडिएको समाचारहरु आइरहेका छन् ।
उक्त कन्सल्टेन्सीको कार्यालय भरतपुर ओरालोमा रहेको छ भने यसले ‘एक्सपोर्ट मल्टीनेसनल सर्भिसेस’ नाममा पनि काम गर्दै आएको छ । उक्त एक्स्पर्टका शाखाहरु स्वदेश र विदेशमा रहेका छन् । यसअघि पनि विभिन्न जिल्लाबाट यस्तो धन्दाका बारेमा समाचार आइरहेको भए पनि अहिले भने चितवनमा यस्तो काम भएको खुलेको हो । हाल चितवनमा यसका प्रमुख डिल्लीराम (रामचन्द्र) अधिकारी हुन् । उनकै संस्थाबाट किर्ते धन्दा हुनुका साथै त्यसबाट खुलेआम रकम असुली भइरहेको आरोप यहाँका सेवाग्राहीहरुले नै लगाउने गरेका छन् । यसरी किर्ते डकुमेन्ट बनाएर विद्यार्थी विदेश पठाउने उक्त
कन्सल्टेन्सीले ठुलो रकम कर छली समेत गरेको जानकारहरू बताउँछन् । विद्यार्थी विदेश पठाएर करोडौँ कमाउने उक्त कन्सल्टेन्सी छानबिनको दायरामा आउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताइएको छ । एक्स्पर्ट एजुकेसनका अधिकारीले आफ्नो कन्सल्टेन्सीले कुनै पनि फर्जी काम नगर्ने दाबी गरे पनि तथ्यहरु बाहिर आएपछि भने उनीहरु अहिले तैचुप मैचुप भएका छन् ।
चितवनका प्रमुख रहेका अधिकारीले भने, ‘यी कुराहरु आइसकेपछि हामी मैले आफैँले भने छानबिन गर्दैछु । कुनै टीम मेम्बरले क्लाइन्टसँग संस्थालाई थाहा नदिईकन इन्डिभिजुअल गरेको पनि हुनसक्छ । हामीले संस्थागत रुपमा यस्तो कार्य गरेका त छैनौँ, तर पनि हामीले आन्तरिक रुपमा यसको अनुसन्धान सुरु गरेका छौँ ।’
केही दिनअघिमात्रै स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय चितवन)ले एक सूचनामार्फत जिल्लामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूको सूची सार्वजनिक गरेको थियो । जसअनुसार असार १५ गतेभित्र १११ वटा संस्थाहरूको निवेदन प्राप्त भएको प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र ४६ वटा, कागजात नपुग भएका तथा दर्ता प्रक्रियामा रहेका ५० वटा र प्रशासनमा दर्ता नै नभएका त्यस्ता कन्सल्टेन्सीहरू १५ वटा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जारी गरेको सूचनामा उल्लेख छ । जसमध्ये दर्ता नै नभएका १५ वटालाई भने बन्द गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ ।
तर यस्तो गलत धन्दा गरिरहेका कन्सल्टेन्सीलाई कारबाहीको दायरामा ल्याउन प्रशासनले सक्रियता देखाएको भने देखिँदैन । यस्तो गतिविधिमार्फत विदेश जानेलाई पछि समस्या पर्ने खतरा समेत रहेकाले सरकारी निकायले गलत धन्दालाई समयमै निर्मूल गर्न ढिलाइ गर्न नहुने एक अभिभावकले बताए ।
यो धन्दाले अनररी कन्सुलर शर्मालाई भने अप्ठेरो पर्ने देखिएको छ । त्यसैले उनी यो घटनालाई ढाकछोप गर्नका लागि अष्ट्रेलियाबाट नै सोही कन्सल्टेन्सीका एकजना स्टाफलाई नेपाल पठाएका छन् । उनी यसअघि पनि यस्तै धन्दामा मुछिएपछि परराष्ट्र मन्त्रालयलाई थाहा नै नदिइ ढाकछोप गरेका थिए ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












