नायव महान्यायाधिवक्ता डा. घिमिरेको विदाइ
काठमाडाैं । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले आफ्नो पाँच कार्यकाल पूरा गरी अवकाश लिएका छन् ।
सरकारी वकिल पेशामा तीन दशकभन्दा बढी समय सक्रिय रहँदै न्याय क्षेत्रमा एक प्रभावशाली व्यक्तित्वका रूपमा योगदान पुर्याएका उनी शुक्रबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित विशेष विदाइ समारोहमा सम्मानपूर्वक विदा भएका छन् ।
समारोहमा महान्यायाधिवक्ता रमेश बडालले डा. घिमिरेको कार्यक्षमता र समर्पणको प्रशंसा गर्दै भने, “डा. घिमिरे अत्यन्त मेहनती र समर्पित कर्मचारी हुनुहुन्छ। उहाँले तोकिएका सबै कामहरू कुशलतापूर्वक पूरा गर्नुका साथै राति ८ बजेसम्म कार्यालयमै रहेर काम गर्नुहुन्थ्यो। उहाँको इमान्दारीता र लगनशीलताले महान्यायाधिवक्ता कार्यालयलाई संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको छ।”
डा. घिमिरेले आफूमाथि परेको जिम्मेवारीलाई सधैं सम्मानका साथ निभाउँदै प्रभावकारी कार्यसम्पादन गर्ने प्रयास गरेको स्मरण गर्दै विगतमा अन्य सेवा समूहहरूमा जाने अवसर आउँदा आफूले सरकारी वकिल नै रोजेको जनाए।
यो पनिः डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
डा. घिमिरेले सरकारी वकिल समूहमा जिल्ला सरकारी वकिलदेखि उच्च सरकारी वकिल, विशेष सरकारी वकिल र अन्ततः नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) पदमा रहेर न्याय प्रणालीको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनका नेतृत्वमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको अनुसन्धान र व्यवस्थापनमा समेत नयाँ आयाम थपिएको थियो।
न्याय क्षेत्रसँगै सूचना प्रविधिको सदुपयोगमा पनि डा. घिमिरेको योगदान अतुलनीय छ। उनी ‘e-Attorney System’ को जन्मदाता मानिन्छन्, जसले सरकारी मुद्दा व्यवस्थापनलाई डिजिटल र पारदर्शी बनाउने उद्देश्य राखेको छ।
उनले सूचना प्रविधि, अनुसन्धान, र अन्तर्राष्ट्रिय सहकार्यमा पनि अग्रणी भूमिका निभाएका छन्। काठमाडौंमा अन्तर्राष्ट्रिय सरकारी वकिल सम्मेलन गरी नेपालको अभियोजन प्रणालीमा विश्व ज्ञान आदानप्रदान गर्न उनले अग्रणी भूमिका खेलेका थिए। नेपालको इतिहासमै पहिलोपटक भएको सम्मेलनले ज्ञान आदानप्रदान र प्रविधिमैत्री अभियोजन प्रक्रियालाई प्रवर्द्धन गरेको थियो।
डा. घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर (एलएलएम), राजनीतिशास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक गरेका छन्। उनले दक्षिण कोरियाको प्रतिष्ठित Seoul National University बाट “Techno Economics, Information Technology Policy and Management” विषयमा पीएचडी गरेका छन्। उनले आफ्नो शोधपत्रमा “Regulatory Policy Factor Impact on Public Trust in e-Government System in Nepal” विषय उठाएका थिए, जुन डिजिटल सुशासनको वर्तमान सन्दर्भमा अत्यन्तै सान्दर्भिक मानिन्छ।
उनले साइबर कानुन, डाटा सुरक्षा, डिजिटल सुशासन लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउँदै आएका छन्।
विदाइ समारोहमा महान्यायाधिवक्ता कार्यालयका वरिष्ठ अधिकारीहरू, सहकर्मीहरू, कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए। सहभागीहरूले भावुक हुँदै उनलाई उज्जवल भविष्यका लागि शुभकामना दिएका थिए।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











