नायव महान्यायाधिवक्ता डा. घिमिरेको विदाइ
काठमाडाैं । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले आफ्नो पाँच कार्यकाल पूरा गरी अवकाश लिएका छन् ।
सरकारी वकिल पेशामा तीन दशकभन्दा बढी समय सक्रिय रहँदै न्याय क्षेत्रमा एक प्रभावशाली व्यक्तित्वका रूपमा योगदान पुर्याएका उनी शुक्रबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित विशेष विदाइ समारोहमा सम्मानपूर्वक विदा भएका छन् ।
समारोहमा महान्यायाधिवक्ता रमेश बडालले डा. घिमिरेको कार्यक्षमता र समर्पणको प्रशंसा गर्दै भने, “डा. घिमिरे अत्यन्त मेहनती र समर्पित कर्मचारी हुनुहुन्छ। उहाँले तोकिएका सबै कामहरू कुशलतापूर्वक पूरा गर्नुका साथै राति ८ बजेसम्म कार्यालयमै रहेर काम गर्नुहुन्थ्यो। उहाँको इमान्दारीता र लगनशीलताले महान्यायाधिवक्ता कार्यालयलाई संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको छ।”
डा. घिमिरेले आफूमाथि परेको जिम्मेवारीलाई सधैं सम्मानका साथ निभाउँदै प्रभावकारी कार्यसम्पादन गर्ने प्रयास गरेको स्मरण गर्दै विगतमा अन्य सेवा समूहहरूमा जाने अवसर आउँदा आफूले सरकारी वकिल नै रोजेको जनाए।
यो पनिः डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
डा. घिमिरेले सरकारी वकिल समूहमा जिल्ला सरकारी वकिलदेखि उच्च सरकारी वकिल, विशेष सरकारी वकिल र अन्ततः नायव महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) पदमा रहेर न्याय प्रणालीको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनका नेतृत्वमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको अनुसन्धान र व्यवस्थापनमा समेत नयाँ आयाम थपिएको थियो।
न्याय क्षेत्रसँगै सूचना प्रविधिको सदुपयोगमा पनि डा. घिमिरेको योगदान अतुलनीय छ। उनी ‘e-Attorney System’ को जन्मदाता मानिन्छन्, जसले सरकारी मुद्दा व्यवस्थापनलाई डिजिटल र पारदर्शी बनाउने उद्देश्य राखेको छ।
उनले सूचना प्रविधि, अनुसन्धान, र अन्तर्राष्ट्रिय सहकार्यमा पनि अग्रणी भूमिका निभाएका छन्। काठमाडौंमा अन्तर्राष्ट्रिय सरकारी वकिल सम्मेलन गरी नेपालको अभियोजन प्रणालीमा विश्व ज्ञान आदानप्रदान गर्न उनले अग्रणी भूमिका खेलेका थिए। नेपालको इतिहासमै पहिलोपटक भएको सम्मेलनले ज्ञान आदानप्रदान र प्रविधिमैत्री अभियोजन प्रक्रियालाई प्रवर्द्धन गरेको थियो।
डा. घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर (एलएलएम), राजनीतिशास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक गरेका छन्। उनले दक्षिण कोरियाको प्रतिष्ठित Seoul National University बाट “Techno Economics, Information Technology Policy and Management” विषयमा पीएचडी गरेका छन्। उनले आफ्नो शोधपत्रमा “Regulatory Policy Factor Impact on Public Trust in e-Government System in Nepal” विषय उठाएका थिए, जुन डिजिटल सुशासनको वर्तमान सन्दर्भमा अत्यन्तै सान्दर्भिक मानिन्छ।
उनले साइबर कानुन, डाटा सुरक्षा, डिजिटल सुशासन लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउँदै आएका छन्।
विदाइ समारोहमा महान्यायाधिवक्ता कार्यालयका वरिष्ठ अधिकारीहरू, सहकर्मीहरू, कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए। सहभागीहरूले भावुक हुँदै उनलाई उज्जवल भविष्यका लागि शुभकामना दिएका थिए।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












