मेलुङका अध्यक्षको भ्रष्टाचार मोहः ४ करोडमा हुने काममा १० करोड झ्वाम ?
काठमाडाैं । मेलुङ गाउपालिकाको वडा नम्बर ४ मा भवन निर्माणमा ठूलो घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पाइएको छ ।
गाउँपालिकाको भवन निर्माणमा गाउँपालिका अध्यक्ष हिरा कुमार तमाङ, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, भवन इन्जिनियर सञ्जु शिवाकोटी र डिजाइनर सुजन नेपालले ठूलो घोटालाको षडयन्त्र गरेको भन्दै अख्तियारमा उजुरी परेको पाइएको छ ।
दोलखा जिल्लामा पर्ने मेलुङ गाउँपालिकाको वडा नम्बर ४ मा बन्न लागेको भवनमा हिटिङ सिस्टम जडान गर्दै १० करोडमा भवन निर्माणको षडयन्त्र चलेको स्रोतको भनाई छ । दोलखा उच्च हिमाली जिल्ला पनि नभएको र हिटिङ सिस्टम कै आवश्यकता पर्ने स्थिति नभएपनि रकम झ्वाम पार्न अध्यक्ष तमाङसहितको टोली सक्रिय बनेको हो ।
‘नेपालमा समेत यस्तो प्रणाली विरलै मात्रामा उच्च हिमाली क्षेत्रमा जडान गरिएको छ भने चीनले बाक्लो हिमपात हुने र अत्यधिक चिसो हुने स्थानमा जडान गर्ने गरेको पाइन्छ । तर, दोलखाको मेलुङमा यो प्रणालीको आवश्यकताभन्दा पनि भ्रष्टाचारकै निम्ति काम थालिएको हो ।’ एक कर्मचारीले न्यूज नेपालसंग भने ।
अख्तियारमा उजुरी असार २६ गते नै पेश भएको थियो भने सी ०८३०२९ (C-083029) दर्ता नम्बर रहेको छ । अख्तियारले पनि यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान थालेको स्रोतको दाबी छ ।
सामान्यतया ठेकेदारसंग प्रमुख प्रशासकीय अधिकृतले सम्झाैता गर्ने प्रचलन छ । तर, मेलुङमा भने अध्यक्ष तमाङले नै सम्झाैता गरेर राज्य कोषको दुरुपयोगमा छलाङ मार्ने प्रयास गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा अति आवश्यक पर्ने भएकाले छिटो छानविनको माग गरिएको छ ।
‘४ करोडमा हुने काम १० करोड पुर्याइएको छ । राज्य कोषको दोहनका लागि आवश्यक नै नपर्ने हिटिङ सिस्टम भनिएको छ । सर्वसाधारण जनताले विकास समृद्धि चाहेको बेला गाउँपालिका भने कसरी हुन्छ भ्रष्टाचार गर्न उद्दत देखिन्छ ।’ एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











