मेलुङका अध्यक्षको भ्रष्टाचार मोहः ४ करोडमा हुने काममा १० करोड झ्वाम ?
काठमाडाैं । मेलुङ गाउपालिकाको वडा नम्बर ४ मा भवन निर्माणमा ठूलो घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पाइएको छ ।
गाउँपालिकाको भवन निर्माणमा गाउँपालिका अध्यक्ष हिरा कुमार तमाङ, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, भवन इन्जिनियर सञ्जु शिवाकोटी र डिजाइनर सुजन नेपालले ठूलो घोटालाको षडयन्त्र गरेको भन्दै अख्तियारमा उजुरी परेको पाइएको छ ।
दोलखा जिल्लामा पर्ने मेलुङ गाउँपालिकाको वडा नम्बर ४ मा बन्न लागेको भवनमा हिटिङ सिस्टम जडान गर्दै १० करोडमा भवन निर्माणको षडयन्त्र चलेको स्रोतको भनाई छ । दोलखा उच्च हिमाली जिल्ला पनि नभएको र हिटिङ सिस्टम कै आवश्यकता पर्ने स्थिति नभएपनि रकम झ्वाम पार्न अध्यक्ष तमाङसहितको टोली सक्रिय बनेको हो ।
‘नेपालमा समेत यस्तो प्रणाली विरलै मात्रामा उच्च हिमाली क्षेत्रमा जडान गरिएको छ भने चीनले बाक्लो हिमपात हुने र अत्यधिक चिसो हुने स्थानमा जडान गर्ने गरेको पाइन्छ । तर, दोलखाको मेलुङमा यो प्रणालीको आवश्यकताभन्दा पनि भ्रष्टाचारकै निम्ति काम थालिएको हो ।’ एक कर्मचारीले न्यूज नेपालसंग भने ।
अख्तियारमा उजुरी असार २६ गते नै पेश भएको थियो भने सी ०८३०२९ (C-083029) दर्ता नम्बर रहेको छ । अख्तियारले पनि यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान थालेको स्रोतको दाबी छ ।
सामान्यतया ठेकेदारसंग प्रमुख प्रशासकीय अधिकृतले सम्झाैता गर्ने प्रचलन छ । तर, मेलुङमा भने अध्यक्ष तमाङले नै सम्झाैता गरेर राज्य कोषको दुरुपयोगमा छलाङ मार्ने प्रयास गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा अति आवश्यक पर्ने भएकाले छिटो छानविनको माग गरिएको छ ।
‘४ करोडमा हुने काम १० करोड पुर्याइएको छ । राज्य कोषको दोहनका लागि आवश्यक नै नपर्ने हिटिङ सिस्टम भनिएको छ । सर्वसाधारण जनताले विकास समृद्धि चाहेको बेला गाउँपालिका भने कसरी हुन्छ भ्रष्टाचार गर्न उद्दत देखिन्छ ।’ एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












