मलाई काम चाहियाे नत्र तपाईंहरुसँग बस्न सक्दिन
काठमाडौं । वामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम चाहिएको बताएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता समेत रहेका गौतमले आफू पदका लागि भन्दा पनि काम गर्न पार्टीमा आएको र सोही अनुसार जिम्मेवारी दिन आग्रह गरेका हुन्।
‘मलाई काम दिनुस्। एउटा क्षेत्रको नेतृत्व दिनुस्। एउटा जिल्ला, दुइटा जिल्ला वा आधा जिल्ला। कि एउटा पालिका। अथवा जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्छु’,उनले भने।
उनले काम नभए एकीकृत समाजवादीमा पनि धेरै समय रहिरहन नसक्ने भनेर शीर्ष नेताहरूलाई अगाडि नै भनेको बताए।
‘मैले पहिले नै भनेको छु। मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिन’, उनले भने।
गौतमले साउन २ गते आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी एकीकृत समाजवादीसँग एकता गरेका थिए।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णयहरू यी हुन्
काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।...
-
जेनजी शहीदको सम्झनामा भदौ २३ गते देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद’...












