ताजा समाचार

सभामुख घिमिरे जेनेभा उडे

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् ।

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसैगरी, सभामुखले स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

भ्रमण टोली यही साउन १८ गते स्वदेश फर्किने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org