विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गर्नु भएको अन्तरपार्टी निर्देशन (अपानी–१२)मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ ।
अपानी–१२ मा मातहतका कमिटीबाट प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ । दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गर्नु भएको अपानी–१२ मा उल्लेख छ ।
अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको उल्लेख गर्दै पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो रहेको बताउनु भएको छ ।
“वर्तमानमा हामी राष्ट्रिय राजनीतिको केन्द्र भागमा छौ र हाम्रो पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो छ । तर हामीले यतिकैमा सन्तोष गरेर बस्नु हुँदैन,” अध्यक्ष ओलीले जारी गर्नु भएको अपानी–१२ मा भनिएको छ, “अब हाम्रो यात्रा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पुरा गर्ने कुरामा केन्द्रित हुनुपर्दछ । जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन जोड दिनु आवश्यक छ । त्यसका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्नेछ । ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ ।”
एमालेको अपानीमा समग्रतामा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको देखिएको उल्लेख गरिएको छ ।
“पार्टीका बैठक, कार्यक्रम र अभियानमा कार्यकर्ताको सहभागितामा बृद्धि हुँदै गएको छ । तर पार्टीको योजनाअनुरूप अझै पनि पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका कामलाई समुदायकेन्द्रित गर्न सकिएको छैन । नेपाली समुदायको बढ्दो उपस्थितिको सापेक्षतामा प्रवासको कामलाई अझै विस्तार गर्न सकिएको छैन ।
पार्टी निर्माणमा पार्टी नेतृत्व र कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने अवस्था देखिन्छ,” पार्टी अध्यक्ष ओलीले जारी अपानीमा भनिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तथा ‘मिसन ८४’ सफल बनाउनका लागि पार्टीको सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।
पार्टीले सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन– १२ जारी गरेको हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











