भोटेकोशीमा असार २४ काे भन्दा ठूलाे बाढी, तीन जिल्ला हाइ अलर्टमा
काठमाडौं । भोटेकोशीमा बुधबार बिहान २ः१४ बजेबाट गत असार २४ गतेकाे भन्दा ठूलाे बाढी आएको छ।
बाढीले तटीय क्षेत्रमा कटान र केही टहराहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। प्रहरीका अनुसार भोटेकोशीको जलसतह यसअघि असार २४ को भन्दा ठूलो छ। क्षतिको विवरण पनि बुझ्ने काम भइरहेको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले सुरक्षा निकायलाई अलर्टमा राखिएको जानकारी दिएका छन्। उनका अनुसार चीनतर्फठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन भनेर सोमबार सूचना प्राप्त भएको थियो।
त्यही अनुसार सबै निकायमा सूचना प्रवाह भएको थियो। सोही अनुसार सुरक्षा निकाय र सरोकारवाला निकायहरूलाई सतर्क रहन भनिएको उनले बताए।
भोटेकोशीमा बाढी आएपछि रसुवासहित तीन जिल्लाका सुरक्षा निकाय हाइ अलर्टमा छन्। जसमा रसुवासहित नुवाकोट र धादिङ पर्दछन् ।
Comments
अरु समाचार
-
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ: ट्रम्प
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका...
-
प्रतिनिधिसभाः बहुमतले संशोधन प्रस्तावहरू अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
सी र ट्रम्पबीच भयाे द्विपक्षीय वार्ता, द्वन्द्व नगरि साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...












