बागमती प्रदेश काँग्रेस संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी
काठमाडाैं । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन्।
हेटौँडास्थित काँग्रेस संसदीय दलको कार्यालयमा पुगेर दुवै नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मुख्यमन्त्री लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहेका छन्। त्यस्तै, बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन्।
निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान ११ः३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ता लिन चाहनेका लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ। निर्वाचन समितिले जनाएअनुसार मतदान लगत्तै मतगणना सुरु हुनेछ र सोही दिन नतिजा सार्वजनिक गरिनेछ।
मुख्यमन्त्रीसमेत रहनुभएका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती काँग्रेसमा दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो । २०७९ सालमा पनि संसदीय दलको नेतामा बहादुर सिंह लामा(तामाङ) र इन्द्रबहादुर बानियाँबिचमै प्रतिस्पर्धा भएको थियो ।त्यस बेला बहादुर सिंह लामा(तामाङ) संसदीय दलको नेतामा निर्चित भएका थिए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












