पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सबै विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिनुभएको छ।
एक सन्देशमार्फत उहाँले विद्यार्थीसामु आएको यो सफलताको श्रेय उनीहरूको परिश्रम, लगनशीलता र आत्मविश्वासलाई दिँदै भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभएको छ।
पूर्वराष्ट्रपतिले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै असफलतालाई अन्त्य नभई नयाँ सुरुवातको अवसरका रूपमा लिन आह्वान गर्नुभयो। “अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतले भविष्यमा सफल परिणाम हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
शिक्षा जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरूले ज्ञान, सीप र अनुशासनमार्फत आफ्नो जीवन उज्यालो बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











