ताजा समाचार

बागमतीका नवनियुक्त मुख्यमन्त्रीले अाजै सपथ ग्रहण गर्ने

काठमाडाैं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनियताकाे सपथ ग्रहण अाजै गर्ने भएका छन् ।

मुख्यमन्त्रीको नियुक्ति ३ बजे हुने र आज साँझ नै सपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्राेतले जनाएकाे छ ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

सोहीअनुरुप नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् । दाबी पेश गर्ने समयसीमा आज दिउँसो २ बजेसम्म तोकिएको थियाे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org