एनपिएल मिनि अक्सनका लागि १५० खेलाडी सर्ट लिस्ट, ३७ खेलाडीमा मात्र बोली लाग्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको मिनि अक्सनका लागि खेलाडीहरूको सर्ट लिस्ट गरिएको छ।
खेलाडीको यो सूचीबाट फ्रेन्चाइजहरूले केवल ३७ खेलाडीमा मात्र बोली लगाउने छन्। एनपिएलले अक्सनमा सहभागिताका लागि आवेदन दिएका ४ सय ५८ खेलाडीबाट १ सय ५० जनालाइ सर्ट लिस्ट गरेको हो ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान)को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई सूचीमा समावेश गरिएको हो ।
१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् । श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’मा ३५ तथा श्रेणी ‘सी’मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन्।
अहिले फ्रेन्चाइजहरुलाइ श्रेणी ‘ए’मा ४, श्रेणी ‘बी’मा २३ र श्रेणी ‘सी’ मा १० खेलाडी गरी कुल ३७ खेलाडी मात्र आवश्यक रहेको छ।
अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ। ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्युनतम १० लाख अधिकतम १५ लाख रहँदा श्रेणी ‘बी’ न्युनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म र श्रेणी ‘सी’ न्युनतम २ लाखदेखि अधिकतम ५ लाख सम्म रहनेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











