एनपिएल मिनि अक्सनका लागि १५० खेलाडी सर्ट लिस्ट, ३७ खेलाडीमा मात्र बोली लाग्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको मिनि अक्सनका लागि खेलाडीहरूको सर्ट लिस्ट गरिएको छ।
खेलाडीको यो सूचीबाट फ्रेन्चाइजहरूले केवल ३७ खेलाडीमा मात्र बोली लगाउने छन्। एनपिएलले अक्सनमा सहभागिताका लागि आवेदन दिएका ४ सय ५८ खेलाडीबाट १ सय ५० जनालाइ सर्ट लिस्ट गरेको हो ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान)को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई सूचीमा समावेश गरिएको हो ।
१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् । श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’मा ३५ तथा श्रेणी ‘सी’मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन्।
अहिले फ्रेन्चाइजहरुलाइ श्रेणी ‘ए’मा ४, श्रेणी ‘बी’मा २३ र श्रेणी ‘सी’ मा १० खेलाडी गरी कुल ३७ खेलाडी मात्र आवश्यक रहेको छ।
अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ। ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्युनतम १० लाख अधिकतम १५ लाख रहँदा श्रेणी ‘बी’ न्युनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म र श्रेणी ‘सी’ न्युनतम २ लाखदेखि अधिकतम ५ लाख सम्म रहनेछ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












