ताजा समाचार

मदन भण्डारीले चुनावी प्रचारका लागि प्रायाेग गरेकाे घरमै विद्यादेवी भण्डारीकाे सम्पर्क कार्यालय खुल्दै

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकाे पूर्वउपाध्यक्ष  विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक गतिविधिलाइ थप शसक्त बनाउँन काठमाडाैं बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यलय खेल्ने भएकी छन् ।

नेकपा एमालेकाे सदस्यता नविकरण गर्दै सक्रिय राजनीतिमा अाउँन चाहे पनि एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै बाटाे बन्द गर्न खाेजे पनि आफू ब्याक नहुने अडान राखेकी भण्डारीले सम्पर्क कार्यालय नै खोलेर आफ्नो प्रचारलाई अघि बढाउन लागेको  भण्डारी निकट स्राेतबाट बुझिएकाे छ ।

भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसकेको बताइएको छ । अब उनी मदन भण्डारी फाउन्डेसन मार्फत देशभरी नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् ।

त्यस्तै, संयोग मान्नुपर्छ, विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यहि घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारीस्वरुप अहिले सरसफाइको काम चलिरहेको स्राेतले जनाएकाे छ। मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर गरेकी थिइन् ।

त्यसैले अहिले विद्याले त्यही घरलाई राजेर घरधनीसँग कुरा फिक्स गरेर सरसफाइको काम भइरहेको उनीनिकट नेताले बताए । यो घर नेकपा एमालेका पूराना नेता काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर बिदुर मैनालीको रहेको बताइएको छ ।

फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरेको छ र बागमतीका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा मूल समिति समेत गठन भएको छ । मदनको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन समिति बनाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org