पर्सा अदालतमा उच्च कार्यसम्पादन, न्यायाधीश घिमिरे सम्मानित
काठमाडाैं । उच्च अदालत पाटनका लागि सिफारिश भएका न्यायाधीश दीपक खनालको नेतृत्वमा जिल्ला अदालत पर्साले गएको आर्थिक वर्षमा सात हजार दुई सय ४४ मुद्दा फर्छ्याैट गरेको जानकारी दिएका छन् ।
नयाँ पुरानासहित १२ हजार ६ सय ३५ मुद्दामध्ये ५७.३३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको न्यायाधीश खनालले जानकारी दिए ।
‘मुद्दा फछर्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने गर्छ’, न्यायाधीश खनालले भने । खनाल पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा छुटाइएका थिए भने उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत निकटका मानिन्छन् ।
अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा संख्या छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको संख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको संख्या तीन सय ३४ छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार काम गरिरहेको जानकारी दिए ।
यस्तै, अर्का न्यायाधीश माधवप्रसाद घिमिरेले समेत उत्कृष्ट काम गरेको अदालतले जनाएको छ । अदालतमा कार्यरत ११ न्यायाधीशमध्ये घिमिरे लोकसेवाबाटै न्यायाधीश बनेका हुन् । पहिलो पटक बाजुरामा न्यायाधीश बनेका उनी त्यसपछि काठमाडाैं र पर्सामा काम गर्न पुगे । तीन वटै जिल्लाका इजलासमा उत्कृष्ठ कार्यसम्पादन गरेका घिमिरे इमान्दार अनि स्वच्छ छविका न्यायाधीश मानिन्छन् ।
न्यायाधीश घिमिरेले पर्सामा समेत गएको आर्थिक वर्षमा ९ सय ८३ मुद्दा फछ्याैट गर्दै उत्कृष्ठ काम गरेको अदालतले जनाएको छ । उत्कृष्ट काम गरेपछि उनलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार लक्ष्य राखेर मुद्दा फर्छ्यौट गर्ने योजना रहेको जानकारी दिए। अदालतमा ११ न्यायाधीश कार्यरत छन्। अदालतमा कार्यरत ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवमा नौ सय ८३ मुद्दा फर्छ्यौट गर्न सफल भए। उनलाई आइतबार एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ।
न्यायाधीश दीपक खनालले नौ सय ३९, नन्दकिशोरप्रसाद यादवले सात सय ६२, आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फर्छ्यौट गरे। त्यस्तै उत्तम सिलवालले काठमाडौं र पर्सामा गरी छ सय २४, उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७, मोहन सुवेदीले पाँच सय ८४, मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, रुद्रप्रसाद सुवेदीले पाँच सय एक मुद्दा फर्छ्यौट गरे। पर्सा जिल्ला अदालतले गत आवमा नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फर्छ्यौट गरेको छ। गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत थियो। गत आवमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य तोकिएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











