जेलेन्स्कीले चाहेमा तत्काल रुससंगको युद्ध अन्त्य हुन्छः ट्रम्प
काठमाडाैं । अमेरिकी राष्ट्रपतो डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध तत्काल समाधान हुने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले चाहेमा तत्काल युद्ध शान्तिमा परिणत हुने दाबी गरेका ट्रम्पले जेलेन्स्कीले चाहेमा युद्ध सकिने वा चलिरहने बताएका हुन् ।
आजै ट्रम्पलाई भेट्न जेलेन्स्की अमेरिका जाँदैछन् । जेलेन्स्कीसंग युरोपेली नेताहरु समेत अमेरिका जाने तयारीमा छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्।’
उनले अगाडि भनेका छन्, ‘याद गर्नुहोस्- यसको सुरुवात कसरी भएको थियो? ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले एउटा पनि गोली नचलाईकन), र, युक्रेन नेटोमा सामेल हुनेछैन। केही कुरा कहिल्यै परिवर्तन हुँदैनन्।’
बीबीसीका अनुसार यी हुन् ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू
-बेलायती प्रधानमन्त्री केयर स्टारमर
-इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी
-जर्मन चान्सलर फ्रेडरिक मर्ज
-फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब
-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन
-नेटो महासचिव मार्क रुट
-युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












