जेलेन्स्कीले चाहेमा तत्काल रुससंगको युद्ध अन्त्य हुन्छः ट्रम्प
काठमाडाैं । अमेरिकी राष्ट्रपतो डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध तत्काल समाधान हुने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले चाहेमा तत्काल युद्ध शान्तिमा परिणत हुने दाबी गरेका ट्रम्पले जेलेन्स्कीले चाहेमा युद्ध सकिने वा चलिरहने बताएका हुन् ।
आजै ट्रम्पलाई भेट्न जेलेन्स्की अमेरिका जाँदैछन् । जेलेन्स्कीसंग युरोपेली नेताहरु समेत अमेरिका जाने तयारीमा छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्।’
उनले अगाडि भनेका छन्, ‘याद गर्नुहोस्- यसको सुरुवात कसरी भएको थियो? ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले एउटा पनि गोली नचलाईकन), र, युक्रेन नेटोमा सामेल हुनेछैन। केही कुरा कहिल्यै परिवर्तन हुँदैनन्।’
बीबीसीका अनुसार यी हुन् ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू
-बेलायती प्रधानमन्त्री केयर स्टारमर
-इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी
-जर्मन चान्सलर फ्रेडरिक मर्ज
-फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब
-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन
-नेटो महासचिव मार्क रुट
-युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











