राजस्व चुहावट कसुरमा दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसुरमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ । सोमबार एक भारतीय र एक नेपाली गरि दुईजनाविरुद्ध सुन तस्करीको अभियोगमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे हो ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी दुई करोड ६२ लाख बिगो दाबी सहित मुद्दा दायर गरिएको हो । भारतको पन्जाब अमृतशहरका कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा-१६ कोटीहवा बस्ने रामबहादुर बिक विरुद्ध मुद्दा दायर गरिएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम अभियोग पत्र दायर गरिएको घिमिरेले जनाएका छन् ।
प्रतिवादीहरूले सुनका गरगहनाको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापन पत्रलगायतका कागज प्रमाण नभएका भन्सार चोरी पैठारी गरेका सुनका गरगहनाहरूको कारोबार गरेको अभियोग छ । उनीहरूले भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको जनाइएको छ । प्रतिवादीहरू सिंह र बिकको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी बिगोसहित कारबाहीको माग गरिएको छ।
भन्सार चोरी पैठारीतर्फको मुख्य अभियुक्त सिंहको एक करोड पाँच लाख आठ हजार चार सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरी बिगो जफत गरी बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग दाबी गरिएको छ । त्यस्तै, मतियारको रूपमा बिकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ कायम गरी सजाय र जरिवाना स्वरूप दुई करोड ६२ लाख ७१ हजार २९ माग दाबी लिई रुपन्देही जिल्ला अदालत अभियोग पत्र दायर गरिएको छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












