ताजा समाचार

हुरिकेन्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल,ऐरी र झा टिम बाहिर

काठमाडौं । टप इन्ड सिरिज अन्तरगत नेपालले आज आफ्नो चौंथो म्याचमा होबार्ट हुरिकेन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

प्रतियोगिताको पहिलोपटक नेपाल पहिलो इनिङमा ब्याटिङमा उत्रिने भएको हो । यसअघि तीन म्याच हारेको नेपाललाई लगातार चौथो हार टार्ने दवाव छ ।

नेपालले आज आफ्नो प्लेइङ ११ मा महत्वपूर्ण परिवर्तन गर्दै अलराउन्डरद्वय दिपेन्द्र सिंह ऐरी र गुल्शन झालाई बाहिर राखेको छ ।

लोकेश बम प्लेइङ ११ मा फिर्ता आएका छन् । यस्तै फास्ट बलर नन्दन यादवलाई पनि फिर्ता ल्याइएको छ । नेपालले आज एकसाथ तीन फास्ट बलरहरुलाई स्थान दिएको छ ।

करण केसी, नन्दन याद र रिजन ढकालले फास्ट बलिङ सम्हाल्नेछन् । विशेषज्ञ स्पिनरमा भने सन्दीप लामिछाने मात्रै रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org