वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिने कुरा नै नमिल्दो छः महानिर्देशक भट्टराई
काठमाडौं । वैदेशिक रोजगार विभाग कुनै बेला खचाखच भीड हुने कार्यालयमा पर्थ्यो । झुत्रा कपडा, चप्पल लगाएका मलिन अनुहारहरु श्रम गर्न भन्दै विभाग आसपासका पसलहरुमा भीडभाड गरिरहेका भेटिन्थे । तर, अहिले अवस्था फेरिएको छ । भीड देखिन छाडेको छ ।
न्यूज नेपालको टिम सोमबार विभागको कार्यालयमा पुग्दा लाग्थ्यो- सार्वजनिक बिदाको दिन पो रहेछ कि क्या हो ? तर, विभागमा छिटफुट मान्छेहरुका मलिन अनुहार पनि थिए । निस्किदा उत्साहित हुँदै निस्किने गरेका अनुहार पनि भेटिए ।
यस्तो कसरी भयो ? के वैदेशिक रोजगारीका लागि नेपालीहरु विदेशिन छाडेर यस्तो भएको हो ? श्रम गर्ने परम्परा हटेको हो ? होइन्, सबै काम अनलाइन प्रणालीबाट हुने गरि विभागले अहिले प्रणाली विकास गरेपछि सर्वसाधारणलाई दुख झेल्नुपर्ने स्थितिबाट पीडा पार लागेको हो ।
उसोतः गएको वैशाखअघि समेत बाक्लो भीड हुने स्थानमा मानिसहरु नभेटिनुमा एक कर्मचारीले इमान्दारितापूर्वक काम गरिदिए हुने रहेछ भन्ने उदाहरण बनेको छ, वैदेशिक रोजगार विभाग ।
विभागको नेतृत्वमा पुगेका सह–सचिव कमलप्रसाद भट्टराईले श्रम स्वीकृति लिने कामलाई पहिलो प्राथमिकतामा राखेर यसलाई पूर्णतः अनलाइन प्रणालीमा लगिदिए । त्यसपछि अहिले विभागमा श्रम स्वीकृति लिनेको भीड देखिन छाडेको छ ।
कसरी हट्यो भीड ?
२०८१ बैशाखमा विभागको नेतृत्व गर्न पुगेका कमलप्रसाद भट्टराईलाई शुरुमा त्यहाँ पठाइएको थिएन् । अर्कै कर्मचारीलाई सरकारले खटाएपनि उनी गएनन् । त्यसपछि सरकारले भट्टराईलाई पठाउने निर्णय गर्यो । भट्टराई सचिव हुने लाइनका सह–सचिव भएकाले अन्तिममा विवादीत क्षेत्रमा जाने-नजाने भन्ने विषय पनि उनको मनमा उठ्यो । शुभचिन्तकले पनि सोच्न सुझाए । तर, भोलीका दिनमा मन्त्रालयको नेतृत्व गर्नुपर्ला । चुनौती देखेर भाग्दा कसरी नेतृत्व विकास हुन्छ भन्ने सोचपछि भट्टराई विभागमा हाजिर हुने निर्णयमा पुगे ।
वैदेशिक रोजगार विभाग अत्यन्तै विवादास्पद ठाउँ । जो गएपनि दाग लगाएरै फर्किने । कर्मचारी जीवनमा गरेका कामलाई धुलिसात पार्ने गरेको ठाँउ र स्थितिको रुपमा चित्रित थियो विभाग । यहि चुनौतीकासामू भट्टराईले अवसर खोज्न थाले । श्रम स्वीकृति प्रक्रियालाई उनले अनलाइनमा लगेर अहिले उदाहरणीय काम मात्रै गरेका छैनन्, सरकारी अधिकारीहरुले समेत भट्टराईको कार्य क्षमतामाथि प्रसंसा गर्न थालेका छन् ।
विभागमा हाजिर भएकै दिन कर्मचारीहरुलाई बोलाएर भट्टराईले ब्रिफिङ लिए । विभागको समस्याको पहिचानका निम्ति सोच्न थाले । अनलाइन प्रणाली नामको मात्रै थियो । सटर बाहिरका पसलहरुले नै यस्ता काम फत्ते गरिदिन्थे । सेवाग्राहीको भीड त्यतै हुन्थ्यो । यसलाई हटाउन सके विभाग आधा सुधार हुन्छ भन्ने ठानेका उनले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन कर्मचारी फेरबदलदेखि सरकारसंवको समन्वयमा नयाँ कर्मचारी थप्ने काम गरे । फलतः उनले गर्न थालेको कामले गति लिन थाल्यो ।
श्रम स्वीकृतिका लागि पेन्डिङ रहेका सबै विवरणको अद्यावधिकका निम्ति समय नै तोकेर अघि बढेका उनले यो काम सक्ने वित्तिकै अनलाइन प्रणालीलाई एक दिन हुँदै दुई मिनेटमा श्रम स्वीकृति लिन सकिने गरि प्रणालीको विकास गरे । अहिले श्रमिकले दुई मिनेटमै श्रम स्वीकृति पाउने गरेका छन् ।
स्वचालित बनाउने चाहना
श्रम स्वीकृति अहिले विवरण राखिसकेपछि दुई मिनेटभित्र तयार हुन्छ । तर, यो मानिसले नै हेर्नुपर्ने स्थिति छ । भट्टराई भन्छन्, ’यसलाई अब स्वचालित बनाउनुपर्छ । मानिसले हेरिरहने अनलाइन प्रणालीको अर्थ छैन् । कोरोना खोपको क्यूआर जसरी यसलाई तत्काल जारी हुने गरि काम गर्नुको विकल्प छैन् । मेरो कार्यकाल कहिलेसम्म यहाँ रहन्छ थाहा छैन तर म जाने बेला अनलाइन प्रणाली सञ्चालनलाई लिखित रुपमा नै लेखेर छाड्ने हो । यो प्रणालीबाट ब्याक हुने गरि स्थिति सिर्जना नहोस भन्ने हिसाबले काम गरेर जान्छु । त्यसपछि तलमाथि भए प्रश्न गर्ने, पत्रकारहरुले सोधिखोजी गर्ने काम चल्नेछ । रोक्न कसैले सक्नेछैन् ।’
भट्टराईले श्रम स्वीकृति प्रक्रियालाई सबै कागजात भेरिफाईदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका काम स्वचालित किसिमले हुने गरि प्रणाली विकासमा जोड दिने योजना बनाएका छन् । जुन कुराले सर्वसाधारणलाई थप सहज हुनेछ ।
श्रम स्वीकृति प्रक्रियमामै भट्टराईको प्रश्न
विभागका महानिर्देशक कमलप्रसाद भट्टराई श्रम स्वीकृति दिने प्रक्रियामा समेत प्रश्न गरिरहेका छन् । नेपालबाट विदेश जाने श्रमिकलाई श्रम स्वीकृति दिने कुरा नै अर्थहिन रहेको बताउँछन् ।
नेपालले विदेश जाने श्रमिकलाई दिने श्रम स्वीकृतिले काम गर्ने भनेको हाम्रो विमानस्थलमा डिपाचर हुन्जेलसम्मका लागि मात्रै हो । यसको प्लेन चढेपछि कुनै काम छैन् । तर, यसमै हामीले श्रमिकलाई दुःख दिइरहेका छौं । विभागले गर्नुपर्ने काम भने विदेश जाने श्रमिकको अभिलेख राख्ने, उनीहरुको समस्या बुझ्ने, सहजीकरण गरिदिने हुनुपर्छ । श्रम स्वीकृति त विदेशबाट नेपाल श्रमका लागि आउनेहरुका लागि दिने हो ।
’अहिले हामीले दिएको श्रम स्वीकृतिले काम गर्ने भनेको नेपालको विमानस्थलमा अध्यागमन प्रक्रिया सकिन्जेलसम्मका लागि मात्रै हो । विदेशमा यसको कुनै काम र अर्थ छैन् । यसर्थ यो कुरालाई नै विस्तारै हटाएर हामीले हाम्रो जनशक्ति श्रमिकको समस्या, गुनासो समाधान र अन्य विषयमा केन्द्रित गर्नैपर्छ’, भट्टराई भन्छन् ।
कार्यालय प्रवेशको अनुभव
सोल्टी मोडबाट वैदेशिक रोजगार विभागको कार्यालयमा प्रवेश गर्दै आफूले नेतृतव गर्न लागेको विभाग माछा बजारजस्तो लागेको थियो, महानिर्देशक भट्टरालाई । कार्यालय प्रवेश गर्दा नै मान्छेको भीड पन्छाउनुपर्ने स्थितिले उनी कार्यालय गएकै दिनदेखि तीन दिनसम्म लगातार समस्याको पहिचानका निम्ति छलफलमा समय बिताए । समस्या पहिचान पनि भयो ।
सुधारका विषय धेरै रहेछन् । तर, पहिलो समस्या श्रम स्वीकृति नै देखेपछि भट्टराईले यसमा काम गर्ने अठोट गरे । दुई हप्तासम्म श्रम स्वीकृति लिने समय लाग्ने गरेको देखेपछि भट्टराईले यो काम गर्न सके जनताले राहत महशुस गर्ने ठाने ।
श्रम स्वीकृतिका लागि फारम भर्ने र विभागमा हुने अत्यधिक भीड पनि यसैको कारण रहेको थाहा पाएपछि भट्टराईले केहि कर्मचारीको स्थानान्तरण, नयाँ कर्मचारीको भर्ना लगायतका कुराले दुई हप्ताको समय दुई मिनेटमा कार्यसम्पादन हुने स्थिति बन्यो ।
१५ दिनसम्म श्रम स्वीकृतिका लागि आवेदन दिएपछि कुर्नुपर्ने, सर्भर डाउन हुने लगायतका समस्या चलिरहेको विलम्बलाई पहिल्याएपछि बल्ल कामले गति लिन थाल्यो । राइट म्यान, राइट प्लेस भन्ने मान्यतालाई अंगिकार गर्दै २ मिनेटमै श्रम स्वीकृति गर्न सक्ने प्रणाली बन्यो । अहिले यसले काम गरिरहेको छ ।
श्रम स्वीकृतिको समयको विषयमा चर्चा चलिरहेपछि नेपाल सरकारका मुख्यसचिव समेत कार्यालय अनुगमनमा पुगे । एउटा डेमो हेर्नका लागि मुख्यसचिवले राखेको विवरण १ मिनेटमै श्रम स्वीकृति जारी भएपछि त्यसले पनि विलम्बलाई क्षणभरमै झारेकोमा विश्वस्त तुल्याउने काम भएको प्रमाणीत भयो । यस्ता कुराले भट्टराईको क्षमता र दक्षतामाथि प्रसंसा सरकारी अधिकारीहरुले समेत गर्न थालेका छन् । सर्वसाधारणले समेत उनलाई स्मरण गर्ने स्थिति बनेको छ ।
- विभागमा न्यूज नेपालले के देख्यो ? अर्को अंकमा अर्को विषय प्रकाशण गर्नेछौं ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












