ताजा समाचार

सत्तापक्षमा बस्न नाउँपाले दियाे संसद् सचिवालयमा निवेदन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए । त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org