गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, ‘तस्करी गर्छन्, तर सेटिङ मिलाएर’ – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब पर्दा झरेको छ। राजस्वको नाममा राज्यलाई चुना लगाउने उप-सचिव रामप्रसाद रेग्मी अन्ततः सरुवा भएका छन्। यससँगै अर्थ मन्त्रालयभित्र ‘अब शान्ति छाउनेछ’ भन्ने आसमा खासखुस सुरु भएको छ।
मन्त्रीदेखि अर्थसचिवलाई समेत गुमराहमा राख्न सक्ने राजस्वमारा रेग्मी ६८ सहसचिवको सरुवा हुँदा समेत उनी भैरहवा भन्सार कार्यालय प्रमुख रहन पुगे । तर, गडबडीका श्रृङखलामा चुर्लुम्म बनेका रेग्मीलाई अर्थमन्त्रालयले भदाै ४ गते बुधबार ६८ जना उपसचिवको सरुवा तथा पदस्थापना गर्दा भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी दुई दिनपछि भदाै ६ गते शुक्रबार राति अन्ततः सरुवा भएको हो ।
अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरुवाको पुष्टी गर्दै न्यूज नेपालसंग भने, ‘ रेग्मीको कार्यसम्पादनमा तपाईहरुले भनेजस्तो कुरा नभई अर्थमन्त्रालयलाई पनि शंका लागेकाले सरुवा भएको छ । थप बुझ्दै जाँदा गलत देखिए, कारबाही हुन्छ ।’
शक्ति केन्द्र र विचाैलिया समूहको चलखेलमा भैरहवा भन्सार प्रमुख रहन सफल भएका उनलाई अर्थमन्त्रालयले अन्ततः सरुवा गरेको हो । भन्सार विभागमा सरुवा भएका रेग्मी विवादास्पद छविका मात्रै नभई उनी सेटिङ र चलखेलमा समेत सक्रिय रहेको स्रोतको दाबी छ । भैरहवा भन्सारमा बस्दा राज्यको राजस्व स्वाहा पारेपनि आफू करोडपति बनेको बताइन्छ ।
न्यूज नेपालले उनलाई यस्ता आरोपबारे उनलाई प्रश्न गर्दा भने, ‘सरुवाको हल्ला सुनेको छु । मेराविरुद्धका आरोपमा सूचना अधिकृतलाई सोध्नु भन्दै फोन राखिदिए ।’
‘भैरहवा भन्सारले केहि समय पहिले पार्टस् भन्दै एलइडी लाइटको भन्सार पास गर्यो । तर, ती सबै एलइडी फिनिसिङ रहेको र २ करोड जतिको सामान भन्सार जाँचपासमा गोलमाल भएपछि राजस्व अनुसन्धानले केहिदिनमा मुद्दा दायर गर्ने तयारी गरेको छ । यो सामान्य भन्सार छलीको उदाहरण हो । जसको नेतृत्व रेग्मीले नै गरेका थिए ।’ स्रोतले न्यूज नेपालसंग भन्यो ।
रेड च्यानलमा पठाउनुपर्नेमा ग्रिन च्यानलबाट एलइडी बोकेका सवारी साधनको जाँचपास गर्दै रेग्मीले बद्मासी गरेको पाइएको छ । भैरहवा भन्सार नै यस्तो भन्सार कार्यालय बनेको छ, जसले सरकारले बनाएको दायराभित्रको राजस्व संकलनमा समेत चुकेको छ । राजस्वमा रेग्मीले गरेका कार्यसम्पादन विवादास्पदमात्रै बनेका छैनन्, उनको जागिरे जीवनको ट्र्याक रेकर्ड समेत अत्यन्तै विवादास्पद देखिन्छ ।
भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री केपी ओलीसंग अत्यन्तै निकटको सम्बन्ध छ भन्दै रेग्मीले कर्मचारीतन्त्रदेखि व्यापारीहरुसंग समेत धाक लगाउने गरेको बताइन्छ । यस्ता कारणले नै प्रधानमन्त्री ओलीको बद्नाम हुन थालेको कर्मचारीहरुले नै बताउने गरेका छन् ।
भैरहवा भन्सारमा रहँदा रेग्मीले चिनियाँ लसुन, ड्राइफुट, पपकर्न, भेप, चिनी, कपडा र जुत्ता चप्पल लगायतका सामाग्रीमा तस्करीको लाइन नै चलाएको स्रोतको दाबी छ । तस्करीको सूचना प्राप्त गर्दा पनि छापा मार्न नजाने गरेका रेग्मीले विचाैलिया र व्यापारीलाई पोस्न अत्यन्तै तल्लोस्तरमा पुगेर सेटिङ गर्ने गरेको स्रोतको दाबी छ ।
‘एक हजारदेखि करोडसम्म घुस सहजै स्वीकार गर्ने हाकिमको सरुवाले तनाव भएको छ । भन्सार इतिहासमै घुसिया कर्मचारी हुँदा सहज बनेको व्यापार अब के हुने हो । डर लागिरहेको छ।’ एक व्यापारीले दुख पोख्दै न्यूज नेपालसंग भने।
रेग्मीलाई राजस्व मार्नका लागि सशस्त्र प्रहरी लुम्बिनीले साथ दिएको स्रोतको दाबी छ । सशस्त्र प्रहरी लुम्बिनीका विवादास्पद तथा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका ज्वाई समेत रहेका डीआइजी दिपेन्द्र कुँवर र रुपन्देही सशस्त्रका एसपी मेघराज जोशीले समेत दह्रो साथ दिएको देखिन्छ । यी दुबै अधिकारीलाई सशस्त्रको उपल्लो निकायका केहि पदाधिकारीले समेत साथ दिने गरेको स्रोतको दाबी छ । यस्तै, रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री घुस सहित १२ दिन पहिले पक्राउ परेका थिए । जवानको पक्राउ समेत रेग्मी हुँदै सशस्त्रको नेतृत्वसंग जोडिने प्रष्ट संकेत देखिन्छ ।
‘रेग्मी उपसचिव बनेपछि राजस्व अनुसन्धान विभाग, रसुवा भन्सार र काकरभिट्टा भन्सार प्रमुख बनिसकेका छन् । काकारभिट्टा बसेर उनले गरेका बद्मासी यसअघि नै न्यूज नेपालले विस्तृत समाचार प्रकाशन गरेको थियो । राजस्व अनुसन्धानमा हुँदा उनले भैरहवाबाट कम भन्सार लिएर जाँचपास गर्न अब्बल रेग्मीले विभागमा हुँदा कम भन्सारमा जाँचपास भएमा भने दुख दिने गरेको कर्मचारीहरुले नै बताउने गरेका छन् । आफू कम भन्सार लिएर सेटिङ गर्ने, अरुले यस्तो गर्न खोज्दा आफूलाई भाग पुर्याउन किन कम भन्दै दुख दिने ? रेग्मीले दुख होइन, राज्यलाई मार्ने काम व्यापक गरेका छन् ।’ स्रोतले भन्यो ।
भारतको गोरखरपुरस्थित टन्सिक ज्वेलर्समा रेग्मी पटक-पटक करोडाैं मूल्यको हिराका हार, गरगहना किन्न पुग्ने गरेको स्रोतको दाबी छ । टन्सिक टाटाको प्रशिद्ध ज्वेलर्ससम्बन्धि काम गर्ने कम्पनी हो । यो भारतमा विख्यात ज्वेलरी पसल पनि हो । जसले ठूलो महंगा गहनाको कारोबार गर्ने गर्छ । उसोतः टन्सिक पुग्नेहरुले रेग्मीको ज्वेलरी मोह देखेर छक्क पर्ने गरेको बताइन्छ ।
उसोतः भैरहवामा २० टन क्षमताका सवारी साधनलाई ४० टन बोक्ने पास दिएर बबण्डर नै मच्चाउने गरेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...












