गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, ‘तस्करी गर्छन्, तर सेटिङ मिलाएर’ – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब पर्दा झरेको छ। राजस्वको नाममा राज्यलाई चुना लगाउने उप-सचिव रामप्रसाद रेग्मी अन्ततः सरुवा भएका छन्। यससँगै अर्थ मन्त्रालयभित्र ‘अब शान्ति छाउनेछ’ भन्ने आसमा खासखुस सुरु भएको छ।
मन्त्रीदेखि अर्थसचिवलाई समेत गुमराहमा राख्न सक्ने राजस्वमारा रेग्मी ६८ सहसचिवको सरुवा हुँदा समेत उनी भैरहवा भन्सार कार्यालय प्रमुख रहन पुगे । तर, गडबडीका श्रृङखलामा चुर्लुम्म बनेका रेग्मीलाई अर्थमन्त्रालयले भदाै ४ गते बुधबार ६८ जना उपसचिवको सरुवा तथा पदस्थापना गर्दा भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी दुई दिनपछि भदाै ६ गते शुक्रबार राति अन्ततः सरुवा भएको हो ।
अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरुवाको पुष्टी गर्दै न्यूज नेपालसंग भने, ‘ रेग्मीको कार्यसम्पादनमा तपाईहरुले भनेजस्तो कुरा नभई अर्थमन्त्रालयलाई पनि शंका लागेकाले सरुवा भएको छ । थप बुझ्दै जाँदा गलत देखिए, कारबाही हुन्छ ।’
शक्ति केन्द्र र विचाैलिया समूहको चलखेलमा भैरहवा भन्सार प्रमुख रहन सफल भएका उनलाई अर्थमन्त्रालयले अन्ततः सरुवा गरेको हो । भन्सार विभागमा सरुवा भएका रेग्मी विवादास्पद छविका मात्रै नभई उनी सेटिङ र चलखेलमा समेत सक्रिय रहेको स्रोतको दाबी छ । भैरहवा भन्सारमा बस्दा राज्यको राजस्व स्वाहा पारेपनि आफू करोडपति बनेको बताइन्छ ।
न्यूज नेपालले उनलाई यस्ता आरोपबारे उनलाई प्रश्न गर्दा भने, ‘सरुवाको हल्ला सुनेको छु । मेराविरुद्धका आरोपमा सूचना अधिकृतलाई सोध्नु भन्दै फोन राखिदिए ।’
‘भैरहवा भन्सारले केहि समय पहिले पार्टस् भन्दै एलइडी लाइटको भन्सार पास गर्यो । तर, ती सबै एलइडी फिनिसिङ रहेको र २ करोड जतिको सामान भन्सार जाँचपासमा गोलमाल भएपछि राजस्व अनुसन्धानले केहिदिनमा मुद्दा दायर गर्ने तयारी गरेको छ । यो सामान्य भन्सार छलीको उदाहरण हो । जसको नेतृत्व रेग्मीले नै गरेका थिए ।’ स्रोतले न्यूज नेपालसंग भन्यो ।
रेड च्यानलमा पठाउनुपर्नेमा ग्रिन च्यानलबाट एलइडी बोकेका सवारी साधनको जाँचपास गर्दै रेग्मीले बद्मासी गरेको पाइएको छ । भैरहवा भन्सार नै यस्तो भन्सार कार्यालय बनेको छ, जसले सरकारले बनाएको दायराभित्रको राजस्व संकलनमा समेत चुकेको छ । राजस्वमा रेग्मीले गरेका कार्यसम्पादन विवादास्पदमात्रै बनेका छैनन्, उनको जागिरे जीवनको ट्र्याक रेकर्ड समेत अत्यन्तै विवादास्पद देखिन्छ ।
भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री केपी ओलीसंग अत्यन्तै निकटको सम्बन्ध छ भन्दै रेग्मीले कर्मचारीतन्त्रदेखि व्यापारीहरुसंग समेत धाक लगाउने गरेको बताइन्छ । यस्ता कारणले नै प्रधानमन्त्री ओलीको बद्नाम हुन थालेको कर्मचारीहरुले नै बताउने गरेका छन् ।
भैरहवा भन्सारमा रहँदा रेग्मीले चिनियाँ लसुन, ड्राइफुट, पपकर्न, भेप, चिनी, कपडा र जुत्ता चप्पल लगायतका सामाग्रीमा तस्करीको लाइन नै चलाएको स्रोतको दाबी छ । तस्करीको सूचना प्राप्त गर्दा पनि छापा मार्न नजाने गरेका रेग्मीले विचाैलिया र व्यापारीलाई पोस्न अत्यन्तै तल्लोस्तरमा पुगेर सेटिङ गर्ने गरेको स्रोतको दाबी छ ।
‘एक हजारदेखि करोडसम्म घुस सहजै स्वीकार गर्ने हाकिमको सरुवाले तनाव भएको छ । भन्सार इतिहासमै घुसिया कर्मचारी हुँदा सहज बनेको व्यापार अब के हुने हो । डर लागिरहेको छ।’ एक व्यापारीले दुख पोख्दै न्यूज नेपालसंग भने।
रेग्मीलाई राजस्व मार्नका लागि सशस्त्र प्रहरी लुम्बिनीले साथ दिएको स्रोतको दाबी छ । सशस्त्र प्रहरी लुम्बिनीका विवादास्पद तथा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका ज्वाई समेत रहेका डीआइजी दिपेन्द्र कुँवर र रुपन्देही सशस्त्रका एसपी मेघराज जोशीले समेत दह्रो साथ दिएको देखिन्छ । यी दुबै अधिकारीलाई सशस्त्रको उपल्लो निकायका केहि पदाधिकारीले समेत साथ दिने गरेको स्रोतको दाबी छ । यस्तै, रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री घुस सहित १२ दिन पहिले पक्राउ परेका थिए । जवानको पक्राउ समेत रेग्मी हुँदै सशस्त्रको नेतृत्वसंग जोडिने प्रष्ट संकेत देखिन्छ ।
‘रेग्मी उपसचिव बनेपछि राजस्व अनुसन्धान विभाग, रसुवा भन्सार र काकरभिट्टा भन्सार प्रमुख बनिसकेका छन् । काकारभिट्टा बसेर उनले गरेका बद्मासी यसअघि नै न्यूज नेपालले विस्तृत समाचार प्रकाशन गरेको थियो । राजस्व अनुसन्धानमा हुँदा उनले भैरहवाबाट कम भन्सार लिएर जाँचपास गर्न अब्बल रेग्मीले विभागमा हुँदा कम भन्सारमा जाँचपास भएमा भने दुख दिने गरेको कर्मचारीहरुले नै बताउने गरेका छन् । आफू कम भन्सार लिएर सेटिङ गर्ने, अरुले यस्तो गर्न खोज्दा आफूलाई भाग पुर्याउन किन कम भन्दै दुख दिने ? रेग्मीले दुख होइन, राज्यलाई मार्ने काम व्यापक गरेका छन् ।’ स्रोतले भन्यो ।
भारतको गोरखरपुरस्थित टन्सिक ज्वेलर्समा रेग्मी पटक-पटक करोडाैं मूल्यको हिराका हार, गरगहना किन्न पुग्ने गरेको स्रोतको दाबी छ । टन्सिक टाटाको प्रशिद्ध ज्वेलर्ससम्बन्धि काम गर्ने कम्पनी हो । यो भारतमा विख्यात ज्वेलरी पसल पनि हो । जसले ठूलो महंगा गहनाको कारोबार गर्ने गर्छ । उसोतः टन्सिक पुग्नेहरुले रेग्मीको ज्वेलरी मोह देखेर छक्क पर्ने गरेको बताइन्छ ।
उसोतः भैरहवामा २० टन क्षमताका सवारी साधनलाई ४० टन बोक्ने पास दिएर बबण्डर नै मच्चाउने गरेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...












