ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको भदौ १३ मा बस्ने केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि उक्त दिन बैठक बोलाइएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।

एमाले स्रोतका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । ‘आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ । ती सुझावहरुलाई मिलाउन समय लाग्ने भयो’, स्रोतले बतायो।

एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org