ताजा समाचार

कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघद्वारा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ ।

त्यस्तै, २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org