ताजा समाचार

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडाैं । नेपाल सरकारले ल्याउन लागेकाे शिक्षा विधेयकमा असन्तुष्टी जनाउँदै लगातार विराेध गर्दै अाएकाे शिक्षक महासंघले अाज   नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

शिक्षक महासंघले हिजो नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिएको थियो । त्यसै गरी २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org