समृद्धिको बाटोमा बेथितिको अन्त्य र सुशासन पहिलो शर्त : संखुवासभामा राष्ट्रपति पाैड्यल
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताउनुभएको छ।
संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडेर जीवनोपयोगी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
“गाउँमा कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षालाई उद्यमशीलतामुखी बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको उल्लेख गर्दै पाठ्यक्रम र अध्यापन शैलीलाई आधुनिक, सीपमुखी र समयसापेक्ष बनाउनुपर्नेमा बल दिनुभयो। “कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणतर्फ उन्मुख गर्ने शिक्षा आजको आवश्यकता हो,” उहाँको भनाइ थियो।
देश विकासका लागि स्वदेशमै सृजनशील जनशक्ति आवश्यक रहेको बताउँदै उहाँले युवालाई विदेश पलायन रोक्न गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। “श्रमको सम्मान गर्ने संस्कृतिसहित सीपमूलक शिक्षा अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो।
संविधानले दिलाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो बलिदान र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस व्यवस्थाले मुलुकलाई स्वतन्त्रता र विकासको राजमार्गतर्फ अघि बढाइरहेको बताउनुभयो।
राजनीतिक परिवर्तनपछि जनताले राखेका अपेक्षा केही ढिलाइका कारण अपूरा देखिए पनि ती पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “समृद्धिको बाटोमा बाधक बनेका बेथितिको अन्त्य र सुशासन नै पहिलो शर्त हो भन्ने कुरा हामीले भुल्नु हुँदैन।”
संखुवासभा जलविद्युत उत्पादन र पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको जिल्लामध्ये एक भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार विस्तार गर्न सकिने अवसर रहेको बताउनुभयो। उहाँले कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दालाई देशको विकासको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












