ताजा समाचार

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडाैं । भाेली शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् ।

सभामुखको सचिवालयका अनुसार यसअघि तय भएर स्थगित भएको प्रधानमन्त्रीको सम्बोधन शुक्रबारका लागि तय भएको हो ।

भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org