ताजा समाचार

प्रधानमन्त्री ओली चीनको थ्येनचिन ओर्लिए, राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता आजै !

काठमाडौं । सन् २०२५ एससीओ शिखर सम्मेलनमा भाग लिन शनिबार बिहान चीन प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनको थ्येनचिन पुगेका छन् ।

ओली शनिबार दिउँसो थ्येनचिन पिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा ३;१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत अवतरण गरेका हुन् । प्रधानमन्त्रीलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि आजै भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर १ तारिखसम्म थ्येनचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन कार्यक्रम रहेकाे छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली २३ जना सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शनिबार विहान चीनतर्फ उडेका थिए ।

यस वर्ष नेपालले एससीओको संवाद साझेदारको रूपमा दशौं वार्षिकोत्सव र चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउने कार्यतालिका छ ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org